राप्रपा नेपाल धादिङको अध्यक्षमा श्याम लामा

655 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – राजतन्त्र र हिन्दुराज्यको पक्षमा वकालत गर्दै आईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल धादिङ जिल्ला समितिको अध्यक्षमा श्याम लामा निर्वाचित हुनु भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न भएको पार्टीको प्रथम अधिबेशनले लामाको अध्यक्षतामा २३ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको हो ।
SAM_1776जिल्ला कार्य समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सुदिप उप्रेती र डिलवहादुर गुरुङ तामाङ,सचिवमा मिनवहादुर गुरुङ र सह सचिवमा प्रकाश उप्रेती रहेका छन । त्यसैगरी अधिबेशनले क्षेत्रीय समितिको अध्यक्षमा क्षेत्र नम्बर १ मा धनप्रसाद गुरुङ,क्षेत्र नम्बर २ मा तुलवहादुर मगर र क्षेत्र नम्बर ३ मा जगदिश वर्तौलालाई चयन गरेको छ ।
अधिबेशन राप्रपा नेपालका केन्द्रिय सदस्य गोकर्ण लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । जिल्ला अध्यक्षमा निर्वाचित लामा राप्रपा नेपाल धादिङका संस्थापक अध्यक्ष समेत हुन ।