देवी घर्तीको वास्तविक कहानी ‘लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले, मलाई आफ्नो बनाए गायक राजुले ’

685 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Devi_ghartiतीज आउन तीन महिना बाँकी छ । तर कलाकारले तीजका लागि धेरैथरी गीत रकेर्ड गरिसकेका छन् । तीज बिशेषगरी नारीले बर्षभरी पाएका दुख, सासु ससुराले दिएका पीडा, सामाजिक घटनाक्रम सुनाउने चाड हो ।

कलाकार पनि त्यस्तै बिषयबस्तुलाई आफ्ना गीत बनाउँदै आएका छन् । तर यसपटकको एउटा तीजको गीत भने बिल्कुलै नौलो पाराको छ ।

चर्चित गायिका देवी घर्ती मगरको तीजे गीत सुन्दा रमाइलो लागेपनि पुरे गीत उनको आफ्नै जीवनसँग जोडिएको छ ।
राती राती गाउँन थाले दोहोरी साँझमा गीत
त्यति बेलै भेट भएको राजु ढकाल सित……..लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले , मलाई आफ्नो बनाए गायक राजुले ।

एकनारायण भण्डारीको लय शव्दमा तयार भएको यो गीत सोमबार मालश्री स्टुडियोमा रेकर्ड हुँदै थियो । स्टुडियोमा देवीले गाउने, बाहिर राजुले सुन्दै थिए । लय शव्द संकलक एकनारायण भण्डारी भाका सिकाउँदै थिए ।

यस्तो गीत बनाउनुको कारण खुलाउँदै भण्डारीले भने ‘ राजु बाहुन परिवारको र देवी मगर समुदायकी हुन् । अझै पनि हाम्रो समाजमा यस्तो सम्बन्ध पचाउन मुश्किल पर्छ त्यसैले सामाजिक चेतनाको लागि पनि यस्तो गराएको हुँ । ’

देवी र राजु ढकालको वास्तविक कहानीमा गीत बनेको छ ।
सुनसुन दिदी बहिनी , दाजु भाईले सुन
काठमाण्डुमा छिरेकी म कलाकार हुन…..लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले मलाई आफ्नो बनाए गायक राजुले ।

देवी भावना बगेर गीत गाउँदै थिइन् । गीतमा भने जस्तै तनहूँ पुर्कोटका राजु ढकालले, पाण्डवखानी बाग्लुङकी देवी घर्तीलाई बिहे गरेका हुन् ।

लामो प्रेम सम्बन्धलाई यी जोडीले बिवाहमा परिणत गरका थिए । बिहेपछि समाजमा चलेका प्रसंग, मगर र बाहुनबीचको नयाँ नातालगायतका वास्तविक बिषयलाई गीतले बोकेको छ ।
तीजे दोहोरीका रुपमा रहेको गीतमा राजुले भनेका छन्

‘तिम्रो हुन यो धर्तीमा पाइला टेकेको, रैछ मेरो भाग्यमा गायिका लेखेको ।’ १ छोराको आमाबुवा भइसकेका राजु र देवीले यो गीतबाट राम्रै प्रसंशा पाउने आशा गरेका छन् ।

-नेपाली कला डट कमवाट