कोमल वली भन्छिन् ‘हल्ला भो शिवजी’

740 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, असार १९ –‘पोइला जान पाम शिव पोइल जान पाम’ तीज गीतबाट चर्चा र आलोचना खेपेकी गायिका कोमल वलीले यसपाली पनि शिवजीलाई संबोधन गर्दै अर्को गीत ल्याउँदैछिन् ।

komal oli 3एल्बमको नाम राखिएको छ ‘हल्ला भो शिवजी’ । आउँदो तीजमा सार्वजनिक हुने यस एल्बमको ‘हल्ला भो शिवजी तिम्रो मेरो प्रेमको’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ ।

म्युजिक भिडियोमा गायिका वलीले नै छमछमी कम्मर मर्काएकी छिन् भने कोरियोग्राफी नायिका पवित्रा आचार्यले गरेकी छन् । निर्देशक वसन्त निरौलाका अनुसार यो भिडियो कोमल वलीका अरु गीत भन्दा पृथक खालको छ ।

उसो त उनी हरेक बर्षको तीजमा भिन्न भिन्न शैली र स्वादमा नयाँ गीत बजारमा ल्याइरहेकी छन् । उच्छृङ्खल भन्दै कतिपयले उनका गीतको आलोचना पनि गर्छन् । वली यसपालीको तीज गीतबाट भने बजारमा निकै चर्चा हुनेमा ढुक्क देखिएकी छिन् ।उज्यालो अनलाईनवाट