नुवाकोट र रसुवाका ९ सहकारी खारेजी 

824 पटक पढिएको

११ श्रावण २०७१, आईतवार २१:२३ सम्पादक: धादिङ न्यूज

नुवाकोट–लगातार दुई वर्षसम्म निष्क्रिय रहेको भन्दै नुवाकोट र रसुवाका ९ वटा सहकारी संस्थाहरु खारेजी भएका छन् । सहकारीमार्फत विकास गर्ने लक्ष्यका साथ स्थापना भए पनि दुई वर्षभन्दा बढी समय काम नगरेपछि डिभिजन सहकारी कार्यालय नुवाकोटले नुवाकोटको चार र रसुवाको पाँच गरी ९ वटा सहकारी सस्था खारेजी गरिदिएको हो । लगातार दुई वर्षसम्म सहरकारीको लेखा परीक्षण र साधारण सभा गरेको प्रतिवेदन डिभिजन सहकारी कार्यालयमा नबुझाएपछि ३५ दिने सूचना जारी गरेर क्रियाशिल हुन गरेको आग्रहको वेवास्था गरेकाले खारेजी गर्नुपरेको डिभिजन सहकारी कार्यालय नुवाकोटका निमित्त कार्यालय प्रमुख गोपालप्रसाद बरालले जानकारी दिनुभयो । नौ वटा सहकारी संस्था खारेजीमा परे पनि नुवाकोट र रसुवामा पछिल्लो समय सहकारी सस्थाहरु दर्ता गर्ने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ । कार्यालयको अनुसार अहिले नुवाकोटमा क्रियाशिल सहकारी सस्थाको सङ्ख्या चार सय ३१ रहेको र रसुुुुुवामा एकसय २६ वटा रहेको सहकारी निरीक्षक गोपलप्रसाद बरालले जानकारी दिनुभयो ।