प्रयास नेपालको अध्यक्षमा : उषा विक

618 पटक पढिएको

सम्पादक: Dhading News

???????????????????????????????धादिङबेसी– प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको अध्यक्षमा उषा विक चयन हुनु भएको छ । मंगलवार धादिङबेसीमा सम्पन्न संस्थाको सामाजिक परिक्षण , तेहैं बार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले आगामी ३ बर्षको लागि उषा बि.क अध्यक्ष रहेको ७ सदस्यिय कार्य समितिको चयन गरेको हो । नव निर्वाचत कार्य समितिको उपाध्यक्षमा सविता अर्याल,सचिवमा रेष्टन कडेल,सह सचिवमा दिपक बिक्रम बस्नेत,कोषाध्यक्षमा गोबिन्द प्रसाद पण्डित र सदस्यहरु अनिता बि.क र बिर बहादुर श्रेष्ठ रहनु भएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो । साधारण सभाले बसन्त डुवाडीको अध्यक्षतामा अनुगमन तथा बिश्लेषण समिति र रोहिणी अर्यालको अध्यक्षतामा आन्तरिक लेखा परिक्षण समितिको चयन गरेको छ । यसै गरी साधारण सभाले बिभिन्न सार्वजनिक महत्वका बिभिन्न प्रस्तावमा छलफल गरी निर्णय गरेको अर्यालले जानकारी दिनुभयो ।
धादिङबेसीमा भएको सामाजिक परिक्षण तथा साधारण सभामा संस्थाको ०७०÷०७१ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो । कार्यक्रम धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको प्रमुख आतिथ्य,संस्थाका अध्यक्ष कृष्णबहादुर चेपाङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल,गैर सरकारी संस्था महासंघ नेपाल धादिङका सचिव एकराज छत्कुली,एनेकपा माओबादीका मनराज भण्डारी,, नेकपा एमालेका कृष्णप्रसाद अर्याल,नेकपा एकीकृतका शिवनिधि खनाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द प्रसाद काप्री, सहायक जिल्ला शिक्षा अधिकारी बद्री बस्नेत, पत्रकार महासंघका कोषाध्यक्ष अर्जुन खतिवडा,यूएमएनका प्रेम स्याङतान,रुम टु रिडका सहायक कार्यक्रम अधिकृत हरिराम भण्डारीले संंस्थाको सामाजिक परिक्षण तेहैं साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । जिल्ला तहमा भएको सामाजिक परिक्षणको संचारकर्मी मुरारी अधिकारी र सानुबाबु तिमल्सेनाले सहजिकरण गर्नु भएको थियो ।
प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा बिद्यालय पुस्तकालय, बाल केन्दित सामुदायिक विकास,आफ्नो घर आफ्नो परिवार कार्यक्रम,सामुदायिक विकासका लागि शसक्रिकरण कार्यक्रम,साक्षर नेपाल,सामाजिक परिक्षण र सिमान्तकृत युवा लक्षित कार्यक्रम गरि जिल्लाको विभिन्न ४६ गाविस र १ नगरपालिका कार्यक्रम संचालन मार्फत ग्रामिण समुदायहरुमा कार्य गर्दै आइरहेको जानकारी गराईएको थियो । सो अवसरमा संस्थाका सचिव उषा बि.कले संस्थाको सांगठनिक,कार्यकारी निर्देशक दामोदर अर्यालले बाषर््िाक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले संस्थाको आगमी आ.ब.०७१÷०७२ निति,कार्यक्रम तथा बजेट पारित गरेको छ । संस्थाले आ.ब.०७०÷०७१ भरिमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु गाीता अधिकारी र जीत बहादुर तामाङ र ६ वटा पुस्तकालय कार्यक्रम संचालन गर्ने बिद्यालयहरुलाई प्रशंशा पत्र सहित सम्मान गरेको छ ।