वाढी पिडितलाई धादिङ कांग्रेसको सहयोग

530 पटक पढिएको

सम्पादक: Dhading News

nc3धादिङ–नेपाली कांग्रेस क्षेत्रीय समिति धादिङले गत वर्ष महाकाली नदीमा आएको बाढीले क्षति पुर्याएका पिडितहरुका लागि गत बर्ष संकलन गरेको १ लाख ७५ हजार नदग राहत सहयोग बुधवार नेपाली कांग्रेसका प्रबक्ता दिलेन्द्र बडु मार्फत हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले आफ्ना देश भरका कार्यकर्ताहरुलाई महाकाली पिडितलाई सहयोग गर्न आग्रह गरे अनुसार कांग्रेस ३ नंबर क्षेत्रीय समितिले १ लाख ५० हजार संकलन गरेको थियो । तर बाढिपिडितको नाममा जथाभावी राहत संकलन गरि दुरुपयोग बढेको भन्दै तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले बाढीपीडीत का नाममा राहत संकलनमा रोक लगाए पछि सो रकम हस्तान्तरण हुन सकेको थिएन ।
नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय समिति धादिङले बुधवार कांग्रेस केन्द्रिय कार्यालय सानेपामा एक कार्यक्रम गरि पार्टी प्रबक्ता दिलेन्द्र बडुलाई सो राहत रकम हस्तान्तरण गरेको हो । महाकालीकै स्थायी बासिन्दा समेत रहनु भएका कांग्रेस प्रवक्ता एवं पुर्व मन्त्री बडुले जतिसक्दो छिटो सो रकम बाढीपिडित राहत कोषमा जम्मा गरि त्यसको भौचर हस्तान्तरण गर्ने बताउनु भएको छ । महाकाली, सुनकोसी लगायतका प्राकृत्तिक बिपत्तिमा सक्दो सहयोग गर्न पनि प्रबक्ता बडुले देशभरका कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ३ नंबर क्षेत्रीय समितिका सभापति जिवनाथ ढकालले जनताको दुःख र प्राकृतिक विपत्तिमा परेकाहरुलाई सघाउन नेपाली कांग्रेस सधैँ तयार रहेको बताउँदै आगामी दिनमा पनि राहत संकलन गरि सहयोग गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । राहत संकलन कार्यक्रममा नेपाली कांग्रेस धादिङका बरिष्ठ नेता हरि अधिकारी, जिल्ला सचिब झंकनारायण श्रेष्ठ, सहसचिब अर्जुन उप्रेती, नेता विश्व अर्याल लगायत कांग्रेंस नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।