फरार अभियुक्त १३ बर्ष पछि पक्राउ

488 पटक पढिएको

सम्पादक: Dhading News

Dil Bdr Shresthaधादिङ,३ भदौ ः विदेशी मुद्रा अपचलन गरेको आरोपमा काठमाण्डौं जिल्ला अदालतवाट जरिवाना तोकिएका धादिङको धुवांकोट गाविस वडा नम्बर ५ का दिलवहादुर श्रेष्ठ पक्राउ परेका छन ।
श्रेष्ठलाई विदेशी मुद्रा अपचलन गरेको आरोपमा २०५८ पुस २ गते काठमाण्डौं जिल्ला अदालतको फैसलाले २ करोड ६२ लाख ५१ हजार ८ सय ९५ रुपैया जरीवाना तोकेको थियो । अदालतको फैसलापछि फरार रंहंदै आएका श्रेष्ठ भदौ १ गते दिउंसो ३ वजे तिर काठमाण्डौंको सोह्रखुट्टेवाट पक्राउ परेका हुन । फरार अभियुक्तको सूचिमा रहेका श्रेष्ठ लुकिछिपी काठमाण्डौंमा बस्दै आईरहेको भन्ने सूचनाको आधारमा धादिङवाट खटिगएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा पक्राउ गर्न सकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ गरिएका श्रेष्ठलाई प्रारम्भिक अनुसन्धान पछि थप कानूनी कारवाहीको लागि धादिङ जिल्ला अदालत समक्ष पेश गरिने बताईएको छ ।