बाढी पिडितको सहयोगका लागि नेत्रहिनको पहल

783 पटक पढिएको

सम्पादक: Dhading News

SAM_4221धादिङ–सिन्धुपाल्चोकको वाढी पहिरो पिडितको सहयोगार्थ धादिङ नेत्रहिन संघ संघले सहयोग संकलन शुरु गरेको छ ।
सदरमुकाम धादिङबेसीमा भदौ ३ गतेवाट शुरु गरिएको सहयोग संकलन कार्यक्रममा संघका पदाधिकारी तथा अन्य सदस्यहरुको सहभागिता रहेको थियो । सहयोग संकलनका लागि गरिएको घरदैलो अभियानवाट पहिलो दिन ९ हजार ६५ रुपैया संकलन भएको संघका कोषाध्यक्ष राजु रेग्मीले जानकारी दिनु भयो । संकलित रकम धादिङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिने कोषाध्यक्ष रेग्मीले जानकारी दिनु भयो ।