प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित-वागमती संयोजकमा धादिङका मुरारी अधिकारी

703 पटक पढिएको

सम्पादक: Dhading News

10616115_10152709216932277_2309519776410110051_nपोखरा – नेपाल प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित  हुुनुभएको  छ । युनियनको पोखरामा भएको आठौँ महाधिवेशनमा ६४२ मत ल्याई सिग्देलले  जित्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी शिव लम्सालले ४४४ र अर्का प्रत्याशी भुवन भट्टले ६९ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, खुल्ला उपाध्यक्षमा ईश्वरी ओझा, रमेश पौडेल, महिला उपाध्यक्षमा बाला अधिकारी (निर्विरोध) र समावेशी उपाध्यक्षमा विजयसन्तोषी राई निर्वाचित हुनुभएको छ ।

10671259_715638605174239_7655746759107535244_nमहासचिवमा अजयबाबु सिवाकोटी, उपमहासचिवमा प्रेम केसी र भीष्मराज ओझा विजयी हुनुभयो । महिला उपमहासचिवमा सलोजा दाहाल निर्विरोध निर्वाचित हुनुभयो ।

सचिवतर्फ खुल्लामा खिला कार्की  र सूर्यकुमार क्षेत्री, महिलामा दीपा आले (निर्विरोध) तथा समावेशीमा केबी राना विजयी हुनुभयो । सरोज अधिकारी कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।     क्षेत्रीय संयोजकमा पूर्वाञ्चलमा लीलावल्लभ घिमिरे, मध्यमाञ्चलमा राममणि दाहाल, पश्चिमाञ्चलमा प्रदीप काफ्ले, मध्यपश्चिमाञ्चलमा देवेन्द्र बर्मा, सुदूरपश्चिमाञ्चलमा लालबहादुर ऐरी र बागमतीमा रमेश खतिवडा विजयी हुनुभयो ।

त्यस्तै  विजयी हुने खुल्ला केन्द्रीय सदस्यमा राजाराम कार्की, वसन्त पराजुली, माधव धिताल, दिलीप पौडेल, ऋषिकान्त पौडेल, भुवन शर्मा, युवराज रेग्मी, जयसिंह केसी, शिवराज योगी, रमेश वाग्ले, युवराज गौतम, सुलोचना गौतम, कल्पना शर्मा  र प्रकाश अधिकारी छन् ।

केन्द्रीय सदस्य दलितमा  हीरालाल विश्वकर्मा  र टेकबहादुर सार्की, मधेसीमा विजय कुशवाह, रामबाबु यादव  र अवधेश झा, आदिवासी जनजातिमा सुरेशकुमार श्रेष्ठ, चन्द्रकला राई  र पवन श्रेष्ठ, महिलामा सृजना अर्याल, सुरक्षा रेग्मी र दिलीपाश्री अधिकारी, अपाङ्गमा माधवप्रसाद चौलागार्इं (निर्विरोध), अल्पसङ्ख्यक लीलाबहादुर सुनार, पिछडिएको क्षेत्र दयाराम पण्डित (निर्विरोध) र प्रतिष्ठानमा ठाकुर बेल्वासे विजयी भएका छन् ।

अञ्चल संयोजकमा मेची गोविन्दचन्द्र क्षेत्री, कोसी उद्धव तिमिल्सना, सगरमाथा नवीन राई, जनकपुर रोशन न्यौपाने (निर्विरोध), बागमती मुरारी अधिकारी, नारायणी सञ्जय कार्की (निर्विरोध) लुम्बिनी माधव अर्याल, गण्डकी टङ्क अधिकारी (निर्विरोध) धौलागिरि ज्ञानेन्द्र गौतम) राप्ती केपी घिमिरे (निर्विरोध), भेरी राजेन्द्रबहादुर कार्की, कर्णाली खेगन्द्र भट्टराई, सेती जगत सावन्त, महाकाली हरिश भट्ट र उपत्यका निरज खतिवडा विजयी भएका छन् ।