फुर्केखोला नजिकैवाट त्रिशूलीमा ट्रक खस्दा ट्रक सहित ३ वेपत्ता

487 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,३ कात्तिक- पृथ्वीराजमार्गमा पर्ने धादिङको गजुरी गाविस वडा नम्बर २ फुर्केखोला नजिकैवाट ट्रक त्रिशूली नदीमा खस्दा चालक सहित तीन जना हराईरहेका छन ।
काठमाण्डौंको कालिमाटी तरकारी वजारमा तरकारी पुर्याएर धादिङको चरौंदी फर्कंदै गरेको ना ४ ख ८८१४ नम्बरको मिनी ट्रक सोमवार सांझ ५ वजे तिर धादिङको गजुरी गाविस वडा नम्बर २ फुर्केखोला नजिकैवाट ५० मिटर जति तल त्रिशूली नदीमा खस्दा ट्रकका चालक एकजना र सह चालक २ जना गरी तीन जना हराईरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमन्त भण्डारीले जानकारी दिनु भयो । ट्रकमा अन्य ३ जना महिला यात्रु पनि रहेको र उनिहरु प्नि हराईरहेको स्थानीयवासीले दावी गरेपनि प्रहरीले भने अन्य व्यक्तिहरुका वारेमा केही खुल्न नसकेको र खोजी जारी रहेकाले अहिले तीन जना मात्र हराईरहेको वताएको छ ।
दुर्घटना लगत्त स्थानीयवासी, प्रहरी तथा यातायात मजदुर लगायतले नदीमा हराईरहेको ट्रकमा हराईरहेकाहरुको उद्धारको प्रयास गरेका थिए । नदीमा खसेको ट्रक एक सय मिटर भन्दा तल वगाएर लगेको छ । नदीले वगाएर लगेको ट्रक नदीको बिच भागमा अडकिएकाले उद्धारमा समेत कठिनाई भईरहेको प्रहरीले जनाएको छ ।