तिहारमा सयपत्री र मखमलीको अभाव

832 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावली नजिकिदै गर्दा धादिङमा यस बर्ष भने मखमली र सयपत्रीका फूलहरुको अभाव हुने भएको छ । अघिल्लो बर्षहरुको तुलनामा यस बर्ष दिपावली छिटो परेकाले गाउँमा मखमली र सयपत्रीका फूलहरु नफुले पछि अभाव हुन लागेको हो । गाउँमा भएका अधिकांश मखमली र सयपत्रीका फुलहरु भर्खरै मात्र फुल्न थाले पछि यस्तो समस्या उत्पन्न भएकोे हो । यसबाट फुल ब्यबसायबाट दिपावलीको अबसरमा राम्रो आम्दानी लिने ब्याबसायिहरुको सपना भने साकार नहुने भएको छ । हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावली अर्थात तिहारमा दिदी बहिनीहरुले आफ्नो दाजुभाईलाई सप्तरंगी टिकासंगै माला लगाई दिने प्रचलन रहेको छ । तिहारमा दिदी बहिनीहरुले आफ्नो दाजु भाइहरुको सुस्वास्थ्य र दीर्घायूको कामना गरी मखमली, सयपत्री तथा विभिन्न रंगिविरंगी मालाहरु लगाई भाईको पूजा गरि माला लगाई दिने गर्दछन् । दिपावली पर्वको अवसरमा घरको मुल ढोकामा मखमली र सयपत्रीको माला उनेर सजाउने पनि गरिन्छ ।
हिन्दुहरुको दोस्रो महान् चार्ड शुभ दिपावली नजिकिँदै गर्दा बजारमा सप्तरङगी टिकाको बिक्री हुन थालेको छ । तिहारको भाई टिकाको दिन दिदी बहिनीहरुले आफ्ना दाजु भाईहरुको निदारमा सप्तरङगी टिका लगाई दिने प्रचलन रहेको छ । तिहारमा दिदी बहिनीहरले दाजुभाईको आयू र दीर्घायू लामो होस् र कुनै रोग ब्याधी नलागोस् भनी टिका लगाउने प्रचलन रही आएको छ । यसै गरी तिहार आउन केही दिन बाँकी छँदा धादिङ बेसीको सडक छेउ छेउमा सप्तरङगी टिकाको बिक्री वितरण कार्य पनि सुरु भएको छ ।