जलेको अवस्थामा शव फेला

470 पटक पढिएको

सम्पादक: Dhading News


धादिङ,२५,-कात्तिक   – धादिङको जिवनपुर ९ मा जलेको अवस्थामा आज विहान एक जनाको शव फेला परेको छ । आगो लागेको मकैको ढोड सँगै धादिङ किराञ्चोक ४ घर भएका ३९ वर्षिय कृष्ण भनिने सिताराम तामाङको शव जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । घटनाबारे प्रहरीले अनुषन्धान गरीरहेको जनाएको छ । मृतक तामाङ जिवनपुर ९ मा नै जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका थिए ।