आलुले धानेको छ सुन्दरनाङगीमा गुजारा
802 पटक पढिएको
केशव अधिकारी
सुन्दरनाङगी- धादिङ)धादिङ जिल्लाको महाभारत पहाड श्रृंखलामा पर्ने अधिकांश वस्तिमा अन्नवाली निकै कम मात्र खेती हुने गर्दछ । सिंचाईको असुविधा र सदावहार चिसो भईरहने भएका कारण यहांका वासिन्दाले अन्य अन्न्ावालीलाई भन्दा मुख्य वालीका रुपमा आलुखेती गर्दै आईरहेका छन ।
केही बर्षअघि सम्म्ा घरमा खानका लागि मात्र आलुखेती हुने गरेकोमा अहिले धेरैले मुख्य वालीका रुपमा आलुखेती गरेर आयआर्जन समेत गर्न थालेका छन । मकवानपुर जिल्लाको टिष्टुङ र धादिङकै पृथ्वीराजमार्गको गजुरीवाट गाउंमा सडक सञ्जाल जोड्ने प्रयासको थालनी भएपनि सुन्दरनाङगी गाउंमै भने मोटर पुग्न सकेको छैन । पृथ्वीराजमार्गको आदमघाटवाट लगातार सात घण्टाको पैदल यात्रापछि पुग्न सकिने सुन्दरनाङगी गाउंमा सडक जोडिएपछि आलुखेतीलाई मुख्य वाली बनाएर बेचविखन गर्दा राम्रो आम्दानी लिन सकिने आशामा स्थानीय रहेका छन । विकटको वस्ति भएका कारण मकै छरेको नौ महिना सम्म पनि नपाक्ने तर आलु भने ५ महिनामा फल्ने भएकाले किसानहरु मकैवाली छाडेर बषर्ायाममा समेत आलु खेतीतर्फआर्कषित हुने गरेका हुन ।
वजारको पहुंचबाट बस्ति टाढां भएकाले यहांका किसानले आलुबोकेर गांउगांउमा घुमी अन्न -मकै, कोदो, धान र गहुं) संग वरावरीमा साट्ने गर्दछन । बर्षमौसममा आलु बोकेर गाउंघर डुल्न्ा गाह्रो हुने भएपनि आंफुले १० वर्षदेखि हिउंद होस या बषर्ायाममा व्यवसायिक रुपमा आलु खेती गर्दै आईरहको स्थानीय कृषक र्सर्ूयमान तामाङ बताउनुहुन्छ ।
मकवानपुर जिल्ल्ााको दुम्सर्ीखर्कमा १० बर्षअघि आल्ुखेती देखेपछि आंफुले पनि व्यवसायिक रुपमा सुन्दरनाङगी गाउंमा आलुखेती गर्न थालेको उहांले बताउनु भयो ।
देखासिकीबाट शुरु गरेको भएपनि हरेक बर्ष२० मुरी आलु संग साटेर अन्न्ा संकलन गर्ने गरेको र्सर्ूयमान बताउनुहुन्छ । वारी बलौटे छ , सिंचाईको लागि पनि पानीको अभाव छ ,पानीको सदुपयोग गर्न पाईपमा स्प्रिङकलर जोडेर खेती गरिरहेको तामाङले वताउनुभयो ।
दक्षिणी धादिङको महादेवस्थान गाविसको वडा नम्बर ६ मा पर्ने सुन्दरनाङगीका र्सर्ूयमान तामाङले दश बर्षअघिवाट शुरु गरेको व्यवसायिक आलुखेती अहिले गाउंभरी फैलिएको छ । गाउंवासीले व्यवसायिक रुपमा आलुखेती गरेर आयआर्जन गर्दै आईरहेको भएपनि यहांका किसानले खेती सम्वन्धी सिप,तालिम, विउविजन, सिंचाई लगायत कुनै किसिमका सहयोग नपाएको गुनासो गरेका छन । विगतमा गाउंका अधिकाशलाई आफ्नै वारीमा फलेको अन्नले ६ महिनासम्म मुस्किलले खान पुग्थ्यो,अहिले सबैले आलुसंग साटेर घरमा अन्न संकलन गर्ने गरेको उनिहरु बताउंछन । आलुखेतीलाई अझै व्यवसायिक वनाउन कसैले सहयोग गरिदिए आंफुहरुले वर्षभरी सजिलैसंग अन्न खान पाउने गाउंवासीको अपेक्षा रहेको छ । गांउमै पहिलो पटक आलु खेती शुरु गरेका कारण अन्य किसानले कुनै समस्या आउंदा सहयोग मागेपनि नयां प्रविधिका वारेमा जानकारी नहुंदा आंफुले जानेको सल्लाह दिने गरेको तामाङले वताउनुभयो । सुन्दरनाङगी गाउंमा आलुखेतीको लागि सबैभन्दा गर्ने ठुलो समस्याका रुपमा देखापरेको रातो कमिलाको नियन्त्रण गर्ने वारेमा सहयोग पाउन सके सुन्दरनाङगीलाई आलुखेतीका लागि जिल्लामै नमुना गाउंका रुपमा लैजान सकिने गाउंवासी तयार देखिन्छन ।
दक्षिणी धादिङको महाभारत श्रृंखलामा पर्ने महादेवस्थान, पिडां, किराञ्चोक, तर्सपु, भूमेस्थान र नौविसे गाविसका किसानले हिउंद र बषर्ामा पनि आलुखेती गर्दै आईरहेका छन । यस क्षेत्रमा बर्खे आलु खेतीलाई व्यावसायिक बनाउन सके कृषकको आर्थिक अवस्थामा सुधार आउनुका साथै उनीहरुको खाद्य सुरक्षामा समेत थप टेवा पुग्ने देखिन्छ ।