महिला जनजागरण सहकारीको पाँचौ साधारण सभा सम्पन्न

449 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


-नयन केसी
खाल्टे-आजको थोरै बचतले भोलीको भविष्य उज्वल हुन्छ भन्ने उद्देश्यका साथ खाल्टे गाविसलाई मुख्य कार्य क्षेत्र बनाई स्थापना भएको महिला जनजागरण बचत तथा ऋण सहकारी सँस्था लि. को पाँचौ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
पञ्चकन्या मावि खाल्टे ६ को प्राङ्गणमा भएको साधारण सभामा संस्थाका अध्यक्ष नविना श्रेष्ठको अध्यक्षता रहेको थियो । ने.रे.सो. खाल्टे उपशाखाका सभापति राम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पञ्चकन्या माविका निमित्त प्रधानाध्यापक नारायण खत्री, चमेरेगुफा कृषि बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिष्णु ढुङ्गाना, चमेरेगुफा संरक्षण समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष बिन्दादेबी ढुङ्गानाले आर्थिक बर्ष  २०७०/०७१ को को कुल २३ लाख ९० हजार ३ सय ९८  बराबरको आयव्यय प्रस्तुत गर्नु भएको थियो । संस्थामा हाल ३ सय १५  जना शेयर सदस्य, एक सय ४० जना  किशोरी बचत तथा ३९ जना जना बालबचत रहेको संस्थाका सचिब पम्फा ग्यामी मगरले जानकारी दिनु भयो ।