स्वस्थ्य शिशु जन्माउन कस्तो आशनले सहवास गर्ने

523 पटक पढिएको

प्रकाशित मिति: २०७१, ८ माघ बिहीबार १६:५०

सम्पादक: धादिङ न्यूज

 

 

 

भारत- छिमेकीमुलक भारतको वारणासीस्थित काशी हिन्दू विश्व विद्यालयले नवविवाहित जोडी र गर्भवती महिलाका लागि स्वास्थ्य टिप्स दिने भएको छ । एशियाकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयका आयुर्वेद विशेषज्ञले स्वस्थ्य शिशु जन्माउन कस्तो तरिका अपनाउने, कस्तो आशनले सहवास गर्ने जस्ता सल्लाह चाँडै दिन लागेको हो ।
Wayविश्वविद्यालयले गर्भावस्थालाई ध्यानमा राखि ५ अक्टोबरबाट निशुल्क कक्षा सुरु गर्न लागेको हो । सुरक्षित मातृत्वको अवधारणामा आधारित उक्त विश्वविद्यालयमा गर्भवती महिलाले निशुल्क ज्ञान लिन सक्नेछन् ।
अडियो भिडियोका माध्यम बाट उक्त कक्षामा स्वस्थ्य सहवासको ज्ञान दिइनेछ । विशेषज्ञहरु नवविवाहित

जोडीलाई सुखद सेक्स जीवनको बारेमा परामर्श दिन तयार रहेका जनाइएको छ ।

सहवास अगाडि राम्रो कस्तो तयारी गर्नु पर्छ, सहवास कहिले गर्दा उत्तम, कहिले सहवास नगर्दा राम्रो हुने, सहवास भन्दा पहिले कस्तो खानेकुरा खाँदा ठीक हुन्छ, कस्तो आशनमा सेक्स गर्ने ? लगायतका जानकारी उक्त कक्षामा दिइने जनाइएको छ ।


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ८ माघ बिहीबार १६:५० मा प्रकाशित