प्रधानमन्त्री सहितका भिभिआईपी सातवटा  हेलिकोप्टरबाट महायज्ञमा

764 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सदरमुकाममाथीको डाँडामा कलश बनाउन आयोजना गरिएको महायज्ञमा सरकार एवं दलका उच्च नेतृत्वको लावलश्कर लाग्यो । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, उपप्रधान एवं गृह मन्त्री बामदेव लगायत आधादर्जन मन्त्री एकै मञ्चमा पुगे । एमाओवादीबाट नेता दिनानाथ शर्मा पनि सहभागिता थिए । त्यसैगरि, सभासद, पुर्वमन्त्री, पुर्वसचिव, वर्तमान तथा पुर्वप्रशासकहरु त कति थिए कति । उपप्रधान एवं गृहमन्त्री गौतमले त गर्वकासाथ भने, नेपाल सरकार नै यही धाममा उपस्थित छ ।kp

कार्यक्रममा सबैभन्दा पहिला पुग्ने विशिष्ट थिए, गौतम । उनी श्रीमतीसहित थिए । भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि, सिञ्चाइ मन्त्री एनपी सावद, कृषि मन्त्री हरी पराजुली आएका थिए । पुर्वमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइराला, पुर्वमन्त्री प्रकाशशरण महत, भारतका लागि प्रस्तावित राजदुत दिपकुमार उपाध्याय, कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारी थिए ।  ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल पनि थिए । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, व्यवसाय अजय सुमार्गि, बैंकर चन्द्र ढकाललगायत ठुला व्यवसायी पनि सहभागि थिए ।

बागलुङ, । कमल नयनाचार्य बाबाले सदरमुकाममाथीको डाँडामा कलश बनाउन आयोजना गरिएको महायज्ञमा सरकार एवं दलका उच्च नेतृत्वको लावलश्कर लाग्यो । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, उपप्रधान एवं गृह मन्त्री बामदेव लगायत आधादर्जन मन्त्री एकै मञ्चमा पुगे । एमाओवादीबाट नेता दिनानाथ शर्मा पनि सहभागिता थिए । त्यसैगरि, सभासद, पुर्वमन्त्री, पुर्वसचिव, वर्तमान तथा पुर्वप्रशासकहरु त कति थिए कति । उपप्रधान एवं गृहमन्त्री गौतमले त गर्वकासाथ भने, नेपाल सरकार नै यही धाममा उपस्थित छ ।
कमलनयनाचार्य अध्यक्ष रहेको संस्थाले शनिवारदेखि आयोजना गरेको विश्वशान्ति धनधान्याचल धवलागिरी विराट महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा ति सबै पुगेका हुन् । कोइराला, ओली र गौतमले यहाँ चार घण्टा बिताए । गौतम त अझ एक घण्टा अघि नै पुगेका थिए ।
सबै नेता आए त । मानिस ल्याउनलाई ठुला नेता आउने हल्लामात्र गरेका होलान् भनेको हो त साच्चै देखियो मञ्चको अगाडी बसेकी एक महिलाले भन्दै थिइन्, संविधान बनाउन एकै ठाउँ बसेको सुन्न रहर हुन थाल्ने बेला यहाँ देख्न पाईयो ।
कार्यक्रममा सबैभन्दा पहिला पुग्ने विशिष्ट थिए, गौतम । उनी श्रीमतीसहित थिए । भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि, सिञ्चाइ मन्त्री एनपी सावद, कृषि मन्त्री हरी पराजुली आएका थिए । पुर्वमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइराला, पुर्वमन्त्री प्रकाशशरण महत, भारतका लागि प्रस्तावित राजदुत दिपकुमार उपाध्याय, कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारी थिए ।  ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल पनि थिए । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, व्यवसाय अजय सुमार्गि, बैंकर चन्द्र ढकाललगायत ठुला व्यवसायी पनि सहभागि थिए ।
त्यस्तै योजना आयोगका उपाध्यक्ष गोबिन्द पोखरेल, पुर्वमन्त्री माधव घिमिरे, सामान्य प्रशासनका सचिव महेन्द्र उपाध्याय, पुर्व सचिव महाश्रम शर्मा आदी पनि पुगेका थिए ।
अन्य कार्यक्रममा मर्यादाक्रमको ख्याल नगरेकोमा कार्यकर्तालाई हप्काउने कार्बाही गर्ने नेताहरु यहाँ त्यसप्रति चुपचाप थिए । उप प्रधानमन्त्री पछि पनि अरुले बोलेका थिए ।
सबैको चासो र प्रश्न एकै थियो, यति धेरै विशिष्ट ल्याउने ताकत कसरी भयो । विशिष्टहरुमात्र हैन मानिस पनि हजारौं थिए । स्थानीय पत्रकारहरुका अनुसार धवलागिरीमै  मानिसको जमघटका हिसावले यो पहिलो भएको छ । अन्य कार्यक्रम दलहरुका पहिलेका सबै सभामा भन्दा धेरै थिए ।
प्रधानमन्त्री कोइरालाभन्दा ठुलो आसनमा बसेका थिए । कमल नयनाचार्यको आसन अग्लो थियो प्रधामन्त्री लगायत अन्यको सामान्य सोफा । सुरक्षाकर्मीले भिड छल्दै मञ्चमा पुर्‍याएपछ कोइराला, ओली, गौतम सबैले बाबाको दर्शन गरेका थिए । उनले आसनमै बसेर सबैलाई माला लगाइदिए ।
सबैले संवोधनका क्रममा बाबाको प्रशंशा गर्न समय खर्चे । बाबाको व्यक्तिगत प्रशंशा खासै नगरेका प्रधानमन्त्री कोइरालाले भने, स्वर्ग देशमा आएजस्तै भएको छ । नेपालमा धार्मिक विकासमार्फत पर्यटन विकास गर्नुपर्छु उनले भने, ुधर्ममा पनि प्रजातन्त्रको ठुलो महिमा छ ।
ओलीले नयनाचर्यको प्रशंशा गर्न चाहान्छु भन्दै संवोधन सुरु गरेका थिए । दर्शनको सन्दर्भमा कसैको मतभेद होला तर समाज सुधार्ने, विकास गर्ने काममा बाबाको प्रशंशा गर्नैपर्छ, ओलिले भने, नेपाली सभ्यता संस्कृतिमाथी ठुलो हमला भइरहेको छ । यसका विरुद्ध सचेत होऔं । हिन्दु सनातन धर्ममा कुनै भेदभाव छैन । यज्ञका लागि २५ हजार रुपैयाँ सहयोग घोषणा गर्दै उनले भने ।
सिंगो सरकार यज्ञमा रहेको भन्दै मन्तब्य सुरु गरेका गौतमले ८१ प्रतिशत भन्दा धेरै जनता हिन्दु रहेको उल्लेख गर्दै भने, ुहिन्दु धर्म कसैको धर्ममात्र भएन । यो नेपालीकै अभिन्न संस्कृति छ । उनले पनि १५ दिनको तलव भत्ता पारिश्रमिक दिने बताए ।
सोहि कार्यक्रममा कमलनयनाचार्यले देश धर्म निरपेक्ष हुन नसक्ने प्रवचन दिए । यसमा बिचार गरियोस्, जनताको चाहाना बमोजिम गरियोस् ।
कान्तिपुर लेख्छ, आयोजक र सुरक्षाकर्मीलाई विशिष्टहरुको सुरक्षा व्यवस्थापन एवं सवारी चलाउन निकै कठिन थियो । साँघुरो डाँडो, निकै भिडमा नेताहरुको सवारी भद्रगोल थियो । अन्य कार्यक्रममा भिडभन्दा टाढै राखेर सुरक्षा व्यवस्था गर्ने अधिकारीहरु यहाँ आफैं छक्क परेका थिए । विशिष्टहरुको सुरक्षा र सवारी यस्तो भद्रगोल पन देखियो वरिष्ठ सुरक्षा अधिकारीहरु आपसमा कुराकानी गर्दै भने, सरकारी वा आफ्नै दलको कार्यक्रम भए कति खप्की खानुपथ्र्यो । यहाँ त चलिहाल्यो ।

सुमार्गीको चल्तिफिर्ति

उप प्रधानमन्त्रीले बोलेपछी व्यवसायि अजय सुमार्गिले बोल्ने मञ्च लिए । उक्त कार्यक्रममा सबैभन्दा धेरै समय उनैले बोलेका थिए । मञ्चमा पुग्ने कसैैलाई नमस्कार गर्न उनी  छुटेनन् । र, केही मन्त्रीलाई विजनेश कार्ड पनि थमाए । मञ्चमै अलि असुहाउँदो अभिवादनमा देखिएको उनको सकृयता त्यतिमै सिमिति रहेन । विशिष्टहरुका लागि खाना दिने काम पनि उनैले गरे । विशिष्टहरुलाई प्रसाद भन्दै खानाको छुट्टै ठाउँ बनाइएको थियो । प्लेटको खाना ल्याइदिने काम गरेका थिए सुमार्गिले । मेरो, कर बापतको रकम, संस्था र साथीभाइको तर्फबाट रकम दिएको हुँु उनले भने । १ करोड ५ लाख ५५ हजार रुपैयाँ सहयोगको घोषणा उनले गरे ।
हेलिकोप्टरको ओइरो
कार्यक्रमस्थलमा एकैपटक ६ वटा हेलिकोप्टर उडेका थिए । भिरालो डाँडाका बाबजुद डोजर लगाएर वरपर थुप्रै हेलिप्याड बनाइएका थिए । हेलिकोप्टरले आसपासका जिल्लाबासिलाई पनि सोच्न बाध्य बनायो । कुनै दुर्घटना नै भएको आशंका गरेका थिए ।