स्रष्टा र सर्जकलाई मिलाप सम्मान, महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार’

60 पटक पढिएको

२१ कार्तिक २०८३, शुक्रबार २०:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली कला, साहित्य, गीतसंगीत, पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएका स्रष्टा, साधक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू एउटै मञ्चमा सम्मानित भएका छन्। मिलाप मासिकको आयोजनामा काठमाडौँमा आयोजित विशेष समारोहमा बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्-११४७ को शुभकामना आदान-प्रदानसँगै ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ सहित विभिन्न सम्मान अर्पण गरिएको हो।
नेपाली कला क्षेत्रका विशिष्ट त्रि-देवी चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरियो। लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह र स्वर माधुरी अञ्जना गुरुङले आफ्ना मातापिताको नाममा स्थापना गरेको उक्त पुरस्कार प्रमुख अतिथि त्रय, मिलाप मासिकका सम्पादक एवं सभापति कृष्ण भुसाल, ‘टीका-गोपाल’ फाउण्डेशनकी अध्यक्ष गीता सिंह तथा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायतले दाहाललाई हस्तान्तरण गर्नुभएको थियो। नेपाली साहित्य तथा गीतसंगीतमा पुर्‍याएको योगदानको कदर गर्दै दिइएको यस पुरस्कारले राष्ट्रिय स्रष्टाहरूको साधनालाई प्रोत्साहन गर्ने आयोजकले जनाएको छ।
समारोहमा मिलाप मासिकको आवरणमा समेटिएका व्यक्तित्वहरूलाई ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो। सम्मान प्राप्त गर्नेहरूमा उर्मिला श्रेष्ठ, विक्रमभक्त जोशी, राजु सिंह, खेमनाथ दाहाल, अम्बिका गुरुङ, उत्तम केसी, वसन्त वित्यासी थापा, देवेन्द्र बजगाईं, सुमिना श्रेष्ठ, निशिता जोशी, रश्मी पाण्डे, राज टाइगर, सुनिता कुँवर, मनोज परियार र सन्दीप भुजेल हुनुहुन्छ।
यसैगरी, कला, साहित्य, पत्रकारिता र समाजसेवामा सक्रिय डा. मोहनलाल घिसिङ, सीताराम पोखरेल, आरपी पन्त, गोपालकाजी कायस्थ, विजयरत्न तुलाधर, विनोद देवकोटा, सरोज बास्तोला, मञ्जु लावती, शशी लुमुम्बू, राधाकुमारी दाहाल, योगराज पाण्डे ‘रञ्जन’, अशोक बराल, शान्ति गुरुङ, वसन्ती सदा शंकर, विन्दिरा श्रेष्ठ, स्वस्तिका पन्थी र सुमन सापकोटालगायतलाई ‘मिलाप सम्मान’ अर्पण गरियो।
कार्यक्रममा प्रमुख अतिथि वसुन्धरा भुसालले नेपाली कला र संस्कृतिको संरक्षणमा स्रष्टाहरूको भूमिका अतुलनीय रहेको भन्दै मिलापको कार्यको प्रशंसा गर्नुभयो। सम्मानित व्यक्तित्व खेमनाथ दाहालले पुरस्कारप्रति आभार व्यक्त गर्दै सिर्जनात्मक साधनाको अनुभव र निरन्तरताको प्र प्रसङ्ग सुनाउनुभयो। त्यस्तै, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी तथा संगीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीको स्वागत मन्तव्य, माधवराज खरेलको सञ्चालन र बालकलाकार काब्य अधिकारीको स्वागत नृत्य रहेको समारोहमा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, अनसास नेपाल च्याप्टरका महासचिव रमेश दाहाल, वरिष्ठ पत्रकारहरू सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, डब्बु क्षेत्री, निमेश गौतम, शान्तिप्रिय, साहित्यकारहरू शैलेन्द्र चापागाईं, सविता बेहोसी, वरिष्ठ कलाकार लय संग्रौला, नायिका/गायिका सारिका घिमिरे, निर्देशक रामशरण कोइराला र नायक श्रीदेव भट्टराईलगायतको उपस्थिति थियो।
समारोहको समापन गर्दै सम्पादक एवं सभापति कृष्ण भुसालले १७ वर्षदेखि निरन्तर प्रकाशित मिलापले कला, साहित्य र संस्कृतिको प्रवर्द्धनका साथै स्रष्टाहरूलाई प्रोत्साहन गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Fair play matters so much to me and I have noticed genuine randomness across all the featured games here. The login portal stays open even during peak hours and I can jump into a session anytime. Definitely worth trying out. allwinlogin