हात्तीपाइलेविरुद्ध औषधि खानेमा सप्तरी पहिलो स्थानमा –

448 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 हात्तीपाइलेरोगविरुद्धको औषधि खानेमा सबैभन्दा बढी सप्तरी जिल्लावासी रहेको छ ।   जिल्ला जनस्वास्थ्य कार्यालयले पछिलो पटक दुई वर्षयता सबैभन्दा बढी व्यक्तिले हात्तीपाइलेविरुद्धको औषधि खाएको जनाएको छ ।   जनसङ्ख्याको आधारमा सबैभन्दा बढी व्यक्तिले औषधि सर्वाधिकरुपले खाएपछि ७५ जिल्लामध्ये सप्तरी जिल्ला नै पहिलो भएको दाबी गरिएका छन् ।   वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकृत विजय झाले शुक्रबार सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गरी यही फागुन २३, २५ र २६ गते खुवनाइने निःशुल्क औषधि निर्धक्क भएर खान सबैलाई आग्रह गरे  ।   यसपटक सप्तरीको कुल जनसङ्ख्या छ लाख ६४ हजार ९०६ मध्ये छ लाख १९ हजार ६९२ जनालाई औषधि खुवाउने लक्ष्य रहेको जानकारी उनले  दिए  ।   उनले  दुई वर्ष मुनिका बच्चा, गर्भवती महिला तथा एक हप्ताभित्रका सुत्केरी महिला, मुटुको रोगीलगायत अन्य सिकिस्त बिरामीलाई यो औषधि खुवाउन नहुने बताए  । –