बालअधिकार बुझ्दै धादिङका अभिभावक, अधिकार माग्दै बालबालिका

1541 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

balbalikaधादिङ– जिल्लाका विभिन्न विद्यालयहरुमा बालअधिकार सम्बन्धी विभिन्न कार्यक्रमहरु हुन थालेपछी अभिभावकहरु पनि बाअधिकारका कुराहरु बुझ्दै गएका छन् । बाल अधिकारका कुरा सुन्न पनी नरुचाउने अभिभावकहरु अहिले बालअधिकार कुराहरु खुलेर भन्न सक्ने भएका छन् । आफ्नो पालामा गरेका कामहरु सम्झिलै बालबालिकाहरुलाई आफ्नो अधिकारबाट कुण्ठित बनाउने अभिभावकहरुको सोचाईमा निकै परिवर्तन आएको छ । बालबालिकाहरुले घरपरीवारबाट पाउने माँया नपाउञ्जेल सम्म उनीहरुको व्यक्तित्व विकास नहुने थाहाँ पाएपछी अभिभावकहरु अहिले गम्भिर बन्न थालेका छन् । प्रयास नेपाल धादिङ र सिविक काठमाण्डौको संयुक्त आयोजनामा सञ्चालित आफ्नो घर आफ्नै परियोजना अन्तर्गत कार्यक्रम संचालन गरेपछी अभिभावकहरुमा बालअधिकार सम्बन्धी धेरै ज्ञान पाएका छन् । साथै बालबालिकाहरु पनि आफ्नो अधिकारका बारेमा सचेत भएका छन् । जिल्लाको विभिन्न विद्यालयहरुमा शिक्षक, अभिभावक र विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम गरेर बालअधिकारका कुराहरुप्रति सचेत गराईने गरेको प्रयास नेपालले जनाएको छ । कार्यक्रममा बालमैत्री घरपरिवार कसरी बनाऊन सकिन्छ, यसको महत्व, फाईदा, बालबालिकाको उचित संरक्षणमा अभिभावक तथा शिक्षकको भुमिका लगायतको विषयमा छलफल गरीने गरीएको छ । बालबालिकाको उचित हेरचाहका लागि अभिभावकहरुलाई सचेत गराऊने उद्येश्यले आफ्नो घर आफ्नै परियोजना कार्यक्रमले जिल्लाका विभिन्न गाविसमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।