मदन भण्डारी पत्रकारिता पुरस्कारको घोषणा

615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Yogesh-Bhattaraiकाठमाडौं, – एमालेका सचिव तथा नव नियुक्त प्रचार विभाग प्रमुख योगेश भट्टराईले आगामी वर्षदेखि एकजना पत्रकारलाई पार्टीले पत्रकारिता पुरस्कार प्रदान गर्ने जनाएका छन् ।

पार्टीको मुख्यालय मदन नगर बल्खुमा मंगलवार आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै भट्टराईले प्रचार विभागले ५० हजार रुपियाँ बराबरको मदन भण्डारी पत्रकारिता पुरस्कार दिने तयारी गरेको बताए । उनले छनौट समितिमार्फत चयन भएका एक जना पत्रकारलाई पुरस्कार दिने जनाए ।

सत्यतथ्य सूचना जनता समक्ष लगेर जानकारी प्रवाह गरेवापत सो पुरस्कार दिने उनको भनाइ छ ।

उनले एमालेको मुखपत्र ‘नवयुग’को ग्राहक संख्या आगामी दुई वर्षमा एक लाख पुराउनेसमेत दावी गरे । उनले नवयुगलाई व्यवस्थित रुपमा अघि बढाउन प्रत्येक क्रियाशील सदस्य ग्राहक बन्नुपर्ने प्रावधानलाई कडाइका साथ लागू गर्ने संकेत गरेका छन् । त्यसका लागि आगामी बैठकमा प्रस्तावसमेत लगिने भएको छ ।

एमालेको वेब साइडलाई अझ चुस्तदुरुस्त बनाइने बताउँदै भट्टराईले नवयुगको प्रत्येक अंकको एक कोलम र वर्षको एक अंक मातृभाषाका लागि छुट्टाउने उल्लेख गरे ।

कार्यक्रममा पदभार हस्तान्तरण गर्दै विभागका पूर्व प्रचार प्रमुख प्रदीप ज्ञवालीले आफ्नो पाँच वर्षे कार्यकालको उपलब्धी सुनाउदै नवयुगको हालको ग्राहक १४ हजार रहेको बताए ।