पृथ्वी राजमार्ग सोमबार ३ घण्टा बन्द हुने

30 पटक पढिएको

१६ कार्तिक २०८३, आईतवार १५:२५ सम्पादक: धादिङ न्यूज

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटार खण्डमा सोमबार तीन घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ चितवनको सूचनाका आधारमा प्रशासनले उक्त निर्णय सार्वजनिक गरेको हो।

निर्धारित समयमा उक्त सडक खण्ड भएर चल्ने सबै सवारीसाधनलाई रोक लगाइने भएकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

सडक बन्द हुने समयलाई ध्यानमा राखी यात्रा व्यवस्थापन गर्न र सम्भावित असुविधाबाट बच्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।