श्रीमान श्रीमती बिच झगडा हुन्छ भने तपाईलाई हाइपोमेनिया रोग पनि हुन सक्छ ?

2319 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jhagadaहाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन ।  आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद भएको  पाइन्छ यति सम्मकि छुट्टा छुट्टै बस्न पुग्ने, बारम्बार कुट पिट भएको पनि भेटिएको छ । सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहनै हुदैन विस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुदै जानाले पछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।

कल्पना २५ वर्ष महिला हुन अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनि श्रीमान तथा परिवार संगै छिन उनि अहिले छिट्टै रिसाउने,  जिद्धी गर्ने तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिन श्रीमान तथा परिवारका अन्य सदस्य संग उनको भनाभन भई रहन्छ । उनि कहिले रिस खप्न नसकेर रुन्छिन, कहिले अरुलाई अपशब्द बोल्छीन । परिवारको सदस्य संग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काही उनि ठुला ठुला कुरा गर्छिन राति निन्द्रा राम्रो परदैन । श्रीमान संग दिनहु कलह भइरहन्छ । उनि बढि फुर्तिलो देखिन्छिन । उनलाई यो रोग लागेको हो भनेर चिन्न कठिन छ । उनलाई अस्पताल ल्याएपछि मात्र थाहा भयो हाईपोमेनिया रोग लाग्यो भनेर ।

त्यस्तै रमा १६ वर्ष केटि हुन । उनि कक्षा ९ मा पढछिन् । गत १० दिन देखि उनि फरक देखिएकि छिन । आजकल उनि बढि बोलिरहन्छिन । उनि छिट्टै रिसाउँछिन । उनि निकै सिँगार पटार गर्छिन । उनि भन्छिन “म ३ दिन भित्र प्रधान मन्त्री वन्नेछु ।” उनि आफुलाई फूर्तिलो, सिपालु, जोसिलो राम्री ठान्छिन । उनिमा तडक भडक निकै छ । विवाह गर्ने कुरा पटक पटक गर्छिन । एउटा काम नसक्दै अर्कोकाम सुरु गर्छिन । उनले भनेको नमानेमा पिट्छिन । राती २–३ घण्टा सुतेपछि उठ्छिन, रेडियो, टि.भी.हेर्छिन र अरुलाई डिस्टर्व गर्छिन । उनि मिठो खानेकुरा र पैसा मागिरहन्छिन । अनि आफु धनि भएको फूर्ति उडाउछिन । उनको लक्षण समयमा थाहा भएन तर जुन उनको लक्षण वढुदै गयो  । उनको अस्पतालमा उपचार भई रहेको छ र निको हुंदै छ ।  यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन एउटा काम सक्न नपाउँदा अर्को काम थाल्छ । विरामी आनन्दि कुरामा दिन विताउँछ । म राजा वन्छु, म प्रधानमन्त्री वन्छु म नेता वन्छु भन्छ । पैसा वाँड्ने, कुरा वढाई चढाइ वोल्ने, राती २,३ घण्टा मात्र सुत्ने, गित गाउने,  रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने । यो रोग पटक पटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ । यस्ता घटनँहरु समाजमा पटक पटक देखिरहन्छन । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौें घटन घटन सक्छन् । मेनिया भनेको हाइपोमेनिया भन्दा कडा अवस्था हुने रोग हो ।

हाइपोमेनिया रोगका लक्षणहरु

घमण्डी बन्ने, बढी फúर्ती लगाई कुरा गर्ने ।
धेरै खुशी हुने तर भनेको नमाने झटक्क रिसााउने ।
वढी आशवादी हुने सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
वढी पैसा माग्ने वा खर्च गर्ने ।
पटक पटक ऐना हेरी रहने ।
२(३ घण्टा सुते पनि निद्र पुग्ने ।
यौनमा बढी रुचि हुने ।
एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।

उपचार

रोगको संका लागे पछि  विरामीलाई रिस उठने किसिमको व्यावाहार नगनर्,े अस्पताल लगी सम्बन्धित विषेशज्ञको सरसल्लाह लिई उपचार गर्ने ।
यो रोग एकपटक शुरु भए पटि अर्को पटक दोहोरिने समस्या ७०(८०५ रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्को पटक दोहरिदा कहिले पहिलेकै लक्षणहरु दोहोरिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसन हुने जस्तै दिक्क हुने रुने मछर्’ भन्ने, राती निदाउन गाहो हुने) देखिन्छ ।
यो रोग पटक पटक दोहोरिने भएकोले यो रोग बारे राम्रो जानकारी हुनु अति आवश्यक छ ।
हाइपोमेनिया रोगवारे जान्नैपर्ने कूरा

हाइपोमेनिया रोगका विरामी घमण्डी हून्छन । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् विरामी, आफुले भनेको नभए झगडा गर्ने अरुलाई पिट्ने गर्छन । त्यसैले यस्ता विरामी संग अनावश्यक बादविवाद गर्नू हूदैन । नम्र भएर कूरा गर्नू पर्छ ।
हाइपोमेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन । त्यस्तो बेला तूरुन्त अस्पताल लैजानू पर्छ  हाइपोमेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ ।
कसरी मानसिक रुपमा स्वास्थ्य ९ःभलतबििथ ज्भबतिजथ० बन्ने ?

१.   कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि हाम्रा मन भौतारिन सक्छ यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहन हुदैन बरु मन परिवर्तन गर्नु पर्छ ,कुनै नराम्रो अनुभव मनमा लिईरहदा हाम्रो मसतिस्कमा समेत असर पुर्याउछ शरिर तात्छ ,मुटुको धडकन वढ्छ र छटपटि हुन्छ त्यसैले अनावस्यक कुरामा एकोहोरो गहिरो साचाँर्ई नगर्ने ।

२.   अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।

हामी हाम्रो प्रगति चाहान्छौ यो राम्रो पक्ष हो तर हामीमा केहीगलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई “नकारात्मक मुल्यङकन गर्ने’’ यो असाधै नराम्रो वानी हो र संक्रिण साचाई हो । त्यसैले मनलाई ठुलो पार्नु पर्छ , संक्रिण पार्नु हुदैन । धेरै मानिसहरु यस्ता समस्याबाट पिरोलिएका हनसक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ , हामिलाई मनोरोग लाग्न सक्छ । प्रगतिशिल, सच्चा सोचाई “बाँच र बचाऔ’’ का भावना मनमा जागेको हुन पर्छ , हामी आफू भन्दा सानालाई कसरी सहयोग गर्ने र आफू सरहको प्रगतिमा साथ दिनु प्रर्दछ , नकि आफूलाई अवमूल्यन गर्ने होईन ।

३.   पुराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन ।

वाटो हिड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विस्वास छ । त्यसैले यस्ता बस्तु देख्दा मन वेचैन बनाउन हुदेैन ,मन ढुक्क नै हुनु पर्छ ।किनभने यसमा कुनै सत्यता नै छैन । राशिफल,हेराउने,भुत,प्रेत बोक्सीको युगको अन्त्य भइसक्यो, त्यस्तै यस्ता कुरामा चिन्तालिई समय बरवाद नगर्ने । बरु सफा पानी ताजा खानिकुरा खाने, राती वाटोमा हिड्दा भूत लाग्छ भन्दै मन डराएर ढुङ्गो देखि तर्सेर पनि मानिस बिरामि हुन्छ । मनोराग लाग्न पुग्छ । त्यसैले पुराना गलत चलनपनि हटाउन गर्छ । कसैलाई बोक्सी भनेर कुट्ने गरिन्छ जुन सतप्रतिसत झुटाहो । त्यसैले हाम्रो गाउघरमा पनि आधुनिक चेतना जगाउन आवश्यक छ । मरेको मानिसको आत्मा मनमा आउछ भन्ने वा मरेको मनिसले दुख्ख दिएको आदि गलत बिस्वास छ जुन सरासर झुटो सावित भएको छ । यसलाई विस्वास गर्नु हुदैन । बरु यस्ता कुरामा मनलनग्दा अशान्ति हुन्छ र मनेरोग लाग्छ ।

४.  हरेक काममा खुसि, सुखि तथा सन्टुस्ट बन्ने

दैनिक जिवनमा काम गदै जाँदा कहिले सफल भइन्छ तर कहिले असफल भइन्छ । असफल भएको कारणले हतास हुनु हुदैन बरु असफलताको कारण के छ त्यो पत्ता लगाई सफलताको बाटोमा फेरी अगाडी बढ्नु पर्छ । निराश हुनु हुदैन । अरुसगँ पनि सररल्लाह लिनु पर्छ ।

कहिले काँही हाम्रो अगाडी समस्या नै समस्या र्र्तेिर्सएर बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुदैन । कतिपय समस्या आफैपनि समाधान भएर जान्छन । ३,४ महिनामा आउने समास्यालाई लिएर अहिले देखिनै चिन्तित हुनु हुदैन । बरु देखिएका समस्यालनई एउटा योजना बनाई यो पछि यो गर्छु भनि अधि बढ्नु पर्छ ।

कतिपय मिडियाले राम्रो कुरालाई पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन जसले गर्दा सर्ब–साधरण विग्रीयो, भत्कियो, वेकार छ जस्तो भावना आउन सक्छ तर बास्तविकता त्यस्तो हुदैन त्यसै धेरै रेडियायेय, टि.भी, समचार तथा डरलाग्दो दृश्य हेर्न हुदैन ।

५.   जे छ तेसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने

धेरै मानिस हरु आफु कहाँ बाट आएको भन्नेकुरा पनि र्विसन्छन,विगतलाई विर्सन्छन,वर्तमानमा सन्तोश लिन चाहादैनन्, किनभने समय पार गदै जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन र सधै असन्तोषि भई रहन्छन् । विगतमा आफु कुन अवस्थामा थिए, अहिले कुन अबस्थामा आइपुगियायो भनेर मूल्याँङकन गर्नु पर्ने हुन्छ । धेरै जसो मानिसहरु ठूलो प्रगति गर्दा पनि क्षणिक आन्नद लिन्छन, त्यसैले मनमा सन्तोस भएको हुदैन त्यसले हामीले सन्तोष लिन सिक्न पर्छ । मैले यो अबधिमा यति गरे भगवानले मलाई यसरी पुराएका छन भनि सन्टुष्ठ हुन पर्छ तर मिहिनेत गर्न छाड्नु हुदैन । पुराना असफलता लाई केलाउदै लक्षमा पुग्न पर्छ ।

६.   लागुपर्दाथ तथा दूब्र्यसनिबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकोले यी वस्तुबाट टाढा रहने

कति मानिस रक्सी पिउने वानि हन्छ विस्तारै यी मानिस विहान देखिनै रक्सी लिने र दिनादिन रक्सीको मात्रा बढाउदै जान्छन अनि रक्सीको मातमा झगडा गर्ने, श्रीमती संग संका गर्ने कहिलेकाँही डराउने, घरबाट भाग्ने, छारे रोग जस्तै गरि ढल्ने गर्छन । त्यस्तै कति मानिस लागु औषधि दुब्र्यसनिमा फस्छन, जसले गर्दा दैनिक  २–४ हजार रकम यसमा खर्च गर्ने पुग्छन् साथै अनैतिक काम गर्न वाध्य हुन्छन । साथै यस्ता मानिस एड्स तथा हेपाटाइटिस “बी” जस्ता रोगबाट पनि ग्रसित हुन पुग्छन । सुई साटासाट गर्ने,छाडा यौन सम्र्पक गर्ने ड्रगलिन रकम जुटाउने चोरी गर्ने पनि गर्छन । त्यसैले यस्ता वस्तुवाट सधै टाढा रहनु पर्छ ।

७.   दैनिक जिवनमा स्वस्थ्य प्रतिस्प्रदा गर्नेुगर्छ

समाजमा ठूलाले सानालाई हेप्ने आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने,अर्कालाई हेप्ने, अर्कालाई उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने पनि पाइन्छ । जुन अपराधिक मानिन्छ यस्तो वातवरणको सधै अन्त्य गर्नेु पर्छ । समाजमा स्वस्थ्य प्रतिस्प्रधा भएमा सबै मानिसले उतिकै क्षमता विकास गर्न सहयोग मिल्छ । कसैलाई डर हुदैन, सबैको कल्याण हुन्छ । यस्तो वातवरण बनाउनु समाज तथा राष्ट्रको कर्तब्य हो ।

८.  अति नैतिकवान नब्न्ने तथा अरुबाटपनि त्यस्तो आशा नगर्ने

समाजमा कोही मानिस अतिनै नैतिक हुन्छन यस्ता मानिस हरेक काममा अतिनै सचेत   हुन्छन अरुलाई कुनै प्रकारको मर्का नपरोस भनि हरेक क्षणमा ध्यान पुर्याउछन् तर समाज त्यस्तो छैन र समाजबाट यस्ता मानिसले धोका पाउँछन् र मन दुखाउन पुग्छन । मनोरोग लाग्न पुग्छ त्यसैले हामी केहि हद सम्म तलमाथि हुनु पर्ने हुन्छ न कि हरेक कुरा अत्यान्तै ठिक संग चल्नपर्छ,मानिस अनुसार नै हुन पर्छ । केहि मानिसलाइ आफूले गरेको बाहेक अरुले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस आरुले गरेको काम सच्याउने गर्छन जस्तै कोठा सफा  गरेको मन नर्पर्ने, आफैले सफा गर्नु पर्ने। यस्तो हुदा दैनिक जिवनमा अफ्ठ्यारो महसुस हुन्छ । त्यसैले केहि हदसम्म अर्काले गरेको कामलाई पनि अचित स्थान दिनु पर्ने हुन्छ ।

समाजमा अति नैतिकभई बाच्न गाह्रो छ त्यसैले आफु पनि परिवर्तन हुनपर्छ र समाज अनुसार चल्नु पर्छ ।

९. मनका कुरा अरुलाई भन्ने वानी गर्ने

हामीमा ठुलो समस्या आउदा पनी अरुलाई भन्ने वानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलिन्छ । हावा भरिएको प्रेसर कुकर झै विस्फोट हुने वा अचानक सिठ्ठी लाग्ने ठूलो हलचल हुने जस्तो हाम्रो पनि पनि हलचल हुन सक्छ । काम नबने हातखुट्टा नचल्ने भइ हामी विरामी पर्छौ । त्यसैले मनमा रहेको कुरा जसले पनि  आफूलाई तनाब बढाउँछ त्स्ता क’रा आफ्नो मनखाने मानिसमा भन्न’पर्छ, आफ्नो मनको बेदना अरुलाई व्यक्त गर्दा मन शान्त हुन जान्छ ।

१०. पहिले पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ । मनोरोग भनेको अति समरुप टेन्सन हुने देखि कडा रोग सिर्जोफोनिया सम्म पर्छ ।  त्यसैले अति सामान्य रोग देखि कडा रोग सम्मका विरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका विरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुदैन । त्यसैले आत्तिन हुदैन । सामान्य मनोरोग लोगेका विरामीले अनावश्यक चिन्ता लिनु हुदैन ।

डा सि पी सेडाई

नशा तथा मनोरोग बिशेषज्ञ