शिक्षक र समुदायका नेत्तृत्ववर्गका लागि एचआईभी र एड्स तथा यौनरोग अभिमुखिकरण

886 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ न्युज समाचारदाता
धादिङ,२० जेठ । धादिङको कल्लेरी र नीलकण्ठ गाविसमा शिक्षक र समुदायका नेत्तृत्ववर्गका लागि एचआईभी र एड्स तथा यौनरोग  न्युनिकरण बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
समुदायमा एचआईभी र एड्स तथा यौनरोगको वारेमा जनचेतना जगाउन शिक्षक र समुदायका नेत्तृत्ववर्गको भूमिका महत्वपूर्ण हुने भएकाले उनिहरुलाई यस सम्वन्धी अभिमुखीकरण गराईएको हो । धादिङ जिल्लाका विभिन्न १५ वटा गाविसमा बैदेशिक रोजगारीमा गएका र तिनका परिवारकालागि एचआईभी र एड्स तथा यौनरोग न्युनिकरणका लागि सचेतना कार्यक्रम संचालन गर्दै आईरहेको नागार्जुन डेभलपमेन्ट कम्युनिटी ( एनडिसी) ले उक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

कल्लेरी गाबिसको केउरिनीटारमा आयोजित  कार्यक्रममा एनडिसी धादिङका कार्यक्रम संयोजक इश्वर कंडेलले सहजिकरण गर्नुहुँदै ।  तस्बीर :कुशल अधिकारी /धादिङ न्युज
कल्लेरी गाबिसको केउरिनीटारमा आयोजित कार्यक्रममा एनडिसी धादिङका कार्यक्रम संयोजक इश्वर कंडेलले सहजिकरण गर्नुहुँदै ।
तस्बीर :कुशल अधिकारी /धादिङ न्युज

नीलकण्ठ गाविसको वडा नम्बर ६ सांखुमा जेठ १७ गते शुक्रवार आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा विभिन्न ६ वटा बिद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एनडिसीका नकुल सेढाई र एशोदा नेपालले बिषयबस्तुका वारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
यसैगरी जेठ १८ गते शनिवार कल्लेरी गाविसको वडा नम्बर ४ केउरीनीटारमा कल्लेरी गाविसका  समुदायका नेत्तृत्वहरुका लागि एचआईभी र एड्स तथा यौनरोग  न्युनिकरण बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कल्लेरी गाविसका विभिन्न पार्टीका प्रतिनीधि,वडा नागरिक मञ्चका संयोजक, आमा समुह र विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो  । कार्यक्रममा एनडिसी धादिङका कार्यक्रम संयोजक इश्वर कंडेलले सहजिकरण गर्नुभएको थियो ।