यस्तो रह्यो कोलोराडोमा नेपाल डे परेड (फोटोफिचरसहित)

891 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal-day-usa1कोलोराडो, अमेरिका । नयां बर्ष २०७२ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले शुन्दर नगर बोल्डरमा “नेपाल डे परेड” हर्सोउल्लासका साथ सम्पन्न गरेका छन् ।
“नेपाल डे परेड” कार्यक्रममा बिशेष अतिथीको रुपमा बोल्डर काउन्ट्रिका काउन्ट्रिकमिस्नर देव ग्राडनर, नेपाली राजदुतावासका मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनाली स्थानीय संघ संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
भौगोलीक हिसावले नेपाल संग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी , वैद्धिक सनातन भजन मण्डलीको संगीतको तालमा नेपाली गीत तथा भजन गाउंदै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।
स्थानीय खुल्लामञ्चबाट  सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु  दौरा सुरुवाल, ढाकाको टोपी, गन्यू चोलो लगाएर आएका थिए भने, कोही आÏनो जातीय भेष भूषा संस्कृती झल्कने पहिरहनमा सजिएर आएका थिए । अमेरीकी भुमीमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महशुस हुन्थ्यो ।
झण्डै ३ सय नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति मायां र सद्भाव राख्ने अमेरीकी नागरीकहरुको पनि सहभागीता रहेको थियो । बाटाका छेउछाउका दर्शकहरुले भने ह्याप्पि न्यु एयर, नमस्ते भन्दै ताली पीटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आÏनो दौतरी संग आÏनो रिती र परंपरा अनुसार शुभकामना साटासाट गरिरहेका थिए ।
कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महीनाको तेश्रो साता नेपालीहरुको नयां बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालीएको हो । अमरीकामा रहेका पचास स्टेट मद्ये कोलोराडोमा मात्र यस्तो किसिमको कार्यक्रकम गर्ने गरिएको छ । नेपालीहरुका दिवस भनेर अमरीकी सरकार बाट स्विकृत भएको यो पहिलो र एक मात्र सुचीकृत कार्यक्रम हो । nepal-day-usa3nepal-day-usa4nepal-day-usa5nepal-day-usanepal-day-usa2
बोल्डर नगरमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्टको सकृयतामा यो कार्यक्रम सुरु गरिएको हो ।
विशेष अतिथीको रुपमा बोल्दै मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनालीले सयौं भाषा र संस्कृती भएको हाम्रो जस्तो देशले यस्ता किसीमका कार्यक्रमगर्दा दुई देश बिच संस्कृती आदान प्रदानमा महत्वपुर्ण टेवा पुग्ने बताए । त्यसैगरी बैद्धिक सनातन भजन मण्डलीका अध्यक्ष हरि उप्रेतीले हामी भुटनीज भएपनि हाम्रा पुर्खा नेपालबाटै भुटान गएका र आफुहरु पुःन नेपाल हुंदै अमेरीका आएको बताउदै एक पटकको नेपाली सधंैको नेपाली भएको बताए । आयोजक समितीका संयोजक नवराज श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै गत बर्ष बिशेष कारण वस परेडलाई निरन्तरता दिन नसकिएता पनि आगामी बर्षहरुमा सवैको सल्लाह र सुझाव लिई यसलाई अझ बिस्तृत बनाउने जनाए । कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न श्रेष्ठको संयोजकत्वमा एघार सदस्सिय एक समिती गठन गरिएको थियो ।
-नातिबाबु भट्ट/कोलोराडो, अमेरिका