भूकम्प पीडित घाइतेहरुलाई सहयात्री समाज नेपालद्धारा खाना खाजाको व्यवस्था

807 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11062057_1598791450359916_3642786325488096112_nधादिङबेशी-बैशाख १२ गतेको भूकम्पमा परि घाइते भई उपचारको क्रममा धादिङबेशी स्थित नीलकण्ठ श्रोत केन्द्रको भवनमा बस्दै आएका विरामीहरुलाई खाना खान समस्या भएपछि सहयात्री समाज नेपलले खाना खुवाउन शुरु गरेको छ । भूकम्पमा परेका घाइते र उनीहरुका आफन्तले होटलबाट किनेर खानु पर्ने बाध्यता र किन्नका लागी पैसा पनि नभएर निक्कै गार्हो भएको जानकारी प्राप्त भएपछि सहयात्री समाज नेपलले मिति २०७१ जेठ ३ गते साँझ देखि उनीहरुलाई खाना र खाजाको व्यवस्था गरेको हो । धादिङको उत्तरी भेग लापा, दार्खा, गुम्दी र रि गाविसका घाइते विरामीहरुमा अधिकांश महिला रहेका छन् । घाइतेहरु मध्य धेरै जनाको खुट्टा भाँचिएको छ भने केहीको कम्मर नचल्ने भएको छ । शुरुका केही दिन अस्पतालमा राखिएको बिरामीहरुलाई अस्पतालले डिस्चार्ज गरे पछि त्यस ठाउँमा अस्थायी रुपमा बस्दै आएका हुन् । अस्पतालबाट डिस्चार्ज गरे लगत्तै उनीहरुलाई खाना खानको लागि निक्कै समस्या भएको जानकारी पाए लगत्तै हाल नीलकण्ठ श्रोत केन्द्र भवन भित्र बस्दै आएका १० जना घाइते र उनीहरुका एक एक जना कुरुवा आफन्त गरी २० जनालाई सहयात्री समाज नेपालले विहान खाना दिउँसो खाजा र बेलुकीलाई खानाको व्यवस्था गरेको हो । उनहरुको अवस्था सामान्य भएर घर फर्किने या अर्को ठाउँमा बस्ने व्यवस्था नहुन्जेल सम्मका लागि खाना र खाजा खुवाउने व्यवस्था गरिएको छ ।