कोईराला फन्केर माथिल्लो तलामा गएपछि………………………….

585 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 koiralaकाठमाडौं २६ जेठ ।  सहमतिपछि शिर्ष नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको थियो। कुर्सीहरु मिलाएर राखिएको थियो। हस्ताक्षर गर्नु अघि प्रधामन्त्री सुशील कोइरालाले भने’बहुलवाद राख्नुपर्‍यो।’ प्रधानमन्त्री कोइरालाको भनाई भुइमा खस्न नपाउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कडकिए।

‘हामीले बहुलवाद मानेको होइन,बहुदलीय प्रतिस्पर्धालाई स्वीकारेको हो। बहुलवादको आदर्श नै फरक हो। यतिवेला आएर तपाईले हामीलाई झुक्याउन खोजेको? सहमतिलाई भाँडन खोजेको? तपाईको नियत के हो? बहुलवाद राख्ने हो भने हुँदैन सहमति’ दाहालको आक्रोश उघृत गर्दै एक नेताले अन्नपूर्णसँग भने।

दाहालको भनाईलाई समर्थन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री कोइराला माथि नै खनिए। ‘तपाईको नियत के हो? प्रचण्डजीले बोल्ड डिसिजन नगरेको भए यो सहमति संभव थिएन’प्रधानमन्त्री कोइराला प्रति आक्रामक हुँदै ओलीले पहिलो पटक दाहालको प्रशंसा गरेका थिए।

‘नेपालको इतिहासमा पहिलो पटक स्वतन्त्र रुपमा निर्णय लिइएको छ। यो ऐतिहासिक दस्तावेज हो’ओलीले प्रधानमन्त्री कोइराला प्रति लक्षित गर्दै भनेका थिए।
‘बहुलवाद नराख्ने हो भने म हस्ताक्षर गर्दिन,शेरबहादुरजीलाई हस्ताक्षर गराउनुस’भन्दै प्रधानमन्त्री कोइराला माथिल्लो तलामा उक्लिए।

सहमतिको सातौ बुँदालाई अन्तिम रुप दिने वेलामा प्रधानमन्त्री कोइरालाले यस्तो अभिव्यक्ति दिएका हुन। काँग्रेस महामन्त्री कृष्ण सिटौला र सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल प्रधानमन्त्री कोइरालालाई फकाउन माथिल्लो तलामा उक्लिए।

पाँच मिनेटसम्म प्रधानमन्त्री कोइरालालाई तल ल्याइयो। नेताहरु रातो पिरो भएर सहमतिको मस्यौदामा हस्ताक्षर भयो। ‘देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ’भन्ने बाक्यलाई अन्तिम रुप दिइएको छ।

नेताहरु तनावग्रस्त भएपछि त्यहाँको अवस्था भाँडभैलो भयो। निर्धारित पत्रकार सम्मेलन हुन सक्ने भएन। स्रोतका अनुसार नेताहरु तनावमा हुनुको अर्को कारण अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुबाट आइरहेको दबाब पनि थियो। ‘सहमति कसरी कार्यान्वयन गर्छौ?’ भन्ने धम्कीयुक्त दबाब नेताहरु माथि आइरहेको थियो।

तत्कालीन सात दल र माओवादीका वीचमा दिल्लीमा भारतको सहयोगमा भएको १२ बुदे समझदारीको यात्राको क्रममा पहिलो पटक स्वतन्त्र निर्णय लिइएको दावी नेताहरुले गरेका छन।

२००७ र २०४६का आन्दोलन र सम्झौतामा पनि अन्तराष्ट्रिय शक्तिकेन्द्रको संलग्नता रहेको उनीहरुले बताउँदै आएका छन।

शिर्ष नेताहरु पत्रकार सम्मेलनमा आउन सक्ने अवस्था नभएपछि प्रमुख सचेतकहरु चिनकाजी श्रेष्ठ,अग्नी खरेल र गिरिराजमणि पोखरेललाई पत्रकार सामू प्रस्तुत गरिएको थियो। अन्नपूर्णपोष्टबाट