सार्जजनिक सुनुवाई सम्बन्धी जिल्ला विकास समितिको कार्यालय धादिङको जरुरी सूचना

826 पटक पढिएको

११ असार २०७२, शुक्रबार १७:१४ सम्पादक: धादिङ न्यूज



Government-of-nepal-logoजिल्ला विकास समितिको कार्यालय, गाउँ विकास समितिहरु, विषयगत कार्यालयहरु एवं गैर सरकारी निकायहरुको सेवा प्रवाह एवं संचालित योजना तथा कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु बीच दोहोरो अन्तर सम्बाद गरी गुनासा एवं सुझावहरुको यथोचित समाधानको लागि देहाय अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले कार्यक्रममा सहभागि हुन सेवाग्राही, उपभोक्ता एवं उपभोक्ता समितिका पदाधिकारीहरु, वडा नागरिक मन्चका प्रतिनिधि, राजनैतिक दल प्रमुख एवं प्रतिनिधिहरु, विकास प्रदायक सरकारी तथा गैर सरकारी संस्थाहरु, संचारकर्मी लगायत आम सरोकारवालाहरुलाई अनुरोध गरिन्छ  ।

कार्यक्रम हुने स्थान , मिति र समय

मिति ः २०७२ असार २१ गते सोमवार
स्थान ः बुङचुङ बजार, नलाङ