राखेपले क्यानलाई १५ बुँदे स्पष्टीकरण सोध्यो

535 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Can-Logo१६ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघ (क्यान)को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १५ बुँदे स्पष्टिकरण सोधेको छ । क्यानले प्रशासनिक कार्यदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) एसियाली क्रिकेट परिषद (एसिसी) र परिषद स्वयंमको निर्देशन नमानेको भन्दै परिषदले शुक्रबार स्पष्टीकरण सोधेको नयाँ पत्रिकाममा खबर छ ।परिषदले -क्यानलाई सात दिनभित्र चित्तबुझ्दो लिखित जवाफ दिन निर्देशन दिएको छ । क्यान पुनर्गठनको चर्चा चलिरहेका बेला परिषदले सोधेको स्पष्टीकरणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

परिषदले एउिा कप ग्रान्टअन्तर्गत फ्रिज भएको रकम गत १२ वैशाखको विनाशकारी भूपम्पपछि एसिसीले ससर्त सुचारु गरेपनि क्यानले आवश्यक प्रक्रिया पूरा नगर्दा हालसम्म प्राप्त नभएको जनाएको छ ।

एसिसीले सो रकमका लागि क्यानलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहितको छुट्टै बैंक खाता खोल्न, क्यानको नेतृत्वमा निर्माण भइरहेको मूलपानीको माथिल्लो मैदानको विस्तृत लागत पठाउन र कीर्तिपुर मैदानको स्तरउन्नतिका लागि सरकारले व्यहोरेकोबाहेकको खर्च विवरण पठाउने सर्त भने अहिलेसम्म पूरा नगरेको जनाएको छ ।