खानेपानी दिगो राख्न उपभोक्ता समिति र बालक्लबलाई तालिम

725 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ ।खानेपानी योजनाहरुलाई दिगो बनाउन सत्यदेबी र त्रिपुरेश्वर गाविसका खानेपानी उपभोक्ता समिति र बाल क्लबका लागि छुट्टा छुट्टै तालिमहरु संचालनगरिएको छ ।

waterसत्यदेबी र त्रिपुरेश्वर गाविसमा संचालन गर्न लागिएको आठ ओटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुका लागि खानेपानी निर्माण र यसको दिगोपनाका लागि गर्नुपर्ने काम बारे उनिहरुको क्षमता विकास गर्नका ्लागि तालिम संचालन गरिएको हो ।

छुट्टै चार स्थानका संचालन गरिएको तालिममा सत्यदेबी गाविसका नाबी खोला, ओखरखोला, माहुर र राकचोक खानेपानी योजना र त्रिपुरेश्वर गाविसका सिउरेनी, गडाखोला, गणेस्थान र डाँडागाउँ खानेपानी योजनाका उपभोक्ता समितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले कोसोक नेपालको साझेदारीमा सत्यदेबी र त्रिपुरेश्वर गाविसमा नेपाल भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत खानेपानी तथा सरसफाई कार्यक्रमसंचालन गर्दै आएको छ । कार्यक्रममा् आवद्ध योजनाका उपभोक्ता समितिको क्षमता विकास गर्न तालिमको संचालन गरिएको कोसोक नेपालका कार्यक्रम संयोजक प्रज्वल शर्माले जानकारी दिनुभयो ।

यसै गरि सो कार्यक्रम अन्तरगत सत्यदेबी र त्रिपुरेश्वर गाविसका १२ विद्यालयमा बालक्लबका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न गरिएको कोसोक नेपालले जनाएको छ ।