धादिङका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा
7 पटक पढिएको
धादिङबेँसी । धादिङ जिल्लाका पाँच वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार जिल्लाको एक नगरपालिका र चार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन्।
सरुवा हुने स्थानीय तहहरूमा नीलकण्ठ नगरपालिका, गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका, खनियाबास गाउँपालिका र रुबीभ्याली गाउँपालिका रहेका छन्।
जिल्लाका मुख्य प्रशासनिक केन्द्र तथा ग्रामीण भेगका यी पाँचवटै पालिकामा एकैपटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएसँगै प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ।







