हराएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

748 पटक पढिएको

१२ फाल्गुन २०७२, बुधबार १५:४१ सम्पादक: धादिङ न्यूज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जहाज म्याग्दीको दाना गाविसको  तिर्खे ढुङ्गामा भेटिएको पर्यटन मन्त्री आनन्द पोखरेलले  जानकारी दिए। भीरमा ठोक्किएर विमान दुर्घटना भएको उनले बताए।
timthumbम्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले भीरमा रहेका रुखमा ठोक्किएर जहाज दुर्घटना भएको बताए। ‘ विमान जलेर टुक्रा टुक्रा भएको छ , शव जलेका छन् चिन्न सकिने अवस्थामा छन’ उनले ‘भने यात्रुहरु जिवित भेटिनसक्ने सम्भावना न्युन छ।’
बुधवार विहान ७ बजेर ५७ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको 9NAHH ट्वीनअटर विमान  विहान सवा ८ बजेदेखि  सम्पर्कबिहीन भएको थियो ।
दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय युवा नवीन खड्काको नेतृत्वमा खोजीको लागि गएको टोलीले उक्त विमानलाई सम्पर्कबिहीन भएको झण्डै पाँच घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको   खड्काले जानकारी दिए ।
दुर्घटनाग्रस्त क्षेत्रमा अहिले म्याग्दीका प्रहरी प्रमुख खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलगायतको टोली त्यसतर्फ उद्धारको लागि प्रस्थान गरेको छ । म्याग्दीको दानाबाट दुर्घटनाग्रस्त क्षेत्रमा पुग्न पैदल झण्डै चार घण्टा लाग्छ ।
विमानमा वरिष्ठ पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश  र एयर होस्टेस रमा रावल रहेका थिए।  विमानमा रहेका यात्रुहरुकाे नाम यस प्रकार छ-
-सेतोपाटी