सिद्धार्थ ग्यास उद्योगमा सिलबन्दी, सुगम उद्योगमा कैफियत

482 पटक पढिएको

सम्पादक: Dhading News

siddharthaधादिङ । जिल्ला स्थित सिद्धार्थ ग्यास उद्योगमा सरकारले सिलबन्दी गरेकाे छ । आपूर्ति मन्त्री गणेश मान पुनको नेतृत्वमा नापतौल विभाग, उपभोक्ता हित तथा आपूर्ति व्यवस्थापन समितिसहितको टोलीले उद्योगमा सिलबन्दी गरेकाे हाे । अनुगमन टोलीले ३ सय २ वटा अवैध ग्यास सिलिण्डर समेत जफत गरेको छ ।

उद्योगमा म्याद सकिएका ८ सय ६ वटा सिलिण्डर रङरोगन लगाएर बजार पठाउन थालिएको भेटिएपछि सिलबन्दी गरेको हो । नमूना परीक्षण गर्दा सिलिन्डरमा आधा किलो लेदो जमेको भेटिएको थियो । हाइड्रोलिक परीक्षण नगरी लेदो राखेर तौल बढाइएको र बजार पठाएको पाइएपछि सिल गरिएको जनाइएको छ ।

सिलिण्डरहरुमा लेदो बढी हुने, विष्फोट हुने र रेगुलेटर जोड्ने ठाउँबाट ग्यास लीक भई आगलागी हुने सम्भाबना बढी रहन्छ ।

त्यस्तै टोलीले सुगम ग्यास उद्योगमा पनि कैफियत फेला पारेको छ । उद्योगले बजारमा पठाउनु भन्दा पहिले  चुहावट परिक्षण  नगरेको पाइएको हाे ।  सुमन ग्यासले व्यवस्थापनमा समेत कुनै चासो नदिइएको र सिलिण्डर पनि हाइड्रोलिक नगरी बजार पठाउने गरेको टोलीले जनाएको छ ।