बोनस वितरण नगर्न अर्थमन्त्रीको आयल निगमलाई निर्देशन

913 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadधादिङ न्यूज -नेपाल आयल निगमलाई कर्मचारीलाई बोनस वितरण नगर्न निर्देशन दिएको छ । निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न निर्देशन दिएको हो । बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस बाँड्ने निर्णय गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्री विष्णु पौडेलले त्यसो नगर्न निर्देशन दिनुभएको अर्थमन्त्रालयले जनाएको छ । १२ अर्बभन्दा बढी सरकारको ऋण रहेको संस्थाले ९० करोडभन्दा बढी बोनस बाँड्न लागेको बताइएको छ । अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयबाट आयल निगमका लागि सञ्चालक समिति सदस्यमा खटाइएका सदस्य सूर्य आचार्यमार्फत उक्त कार्य अगाडि नबढाउन निर्देशन दिनुभएको हो ।