प्रेस चौतारी खोटाङमा पुनः आचार्य

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

khotangखोटाङ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा पुनः हरिबोल आचार्य चयन भएका छन् ।

सोमबार सम्पन्न चौतारीको १०औँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मतिमा अध्यक्षमा चयन भएका हुन् ।

पन्ध्र सदस्यीय समिति रहेको चौतारीको उपाध्यक्षमा युवराज रोइला, सहसचिवमा शर्मिला राई र सचिवमा सुनिता मगर चयन भए ।

समितिको बैठकले कोषाध्यक्षको चयन गर्ने चौतारीले जनाएको छ ।