धादिङका सविन लामाको ‘नेपाल जिन्दाबाद’ !

908 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sabin lama धादिङ । धादिङको महादेवबेसीमा जन्मिएका गायक सविन लामाले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘नेपाल जिन्दाबाद…’ बोलको गीतलाई उनले म्युजिक भिडियोमा ल्याएका हुन् ।

लामाले केही समयअघि मात्र उनले ‘हे गोरी’ को एक भिडियो रिलिज गरेका थिए । लामाको पहिलो एल्बम ‘सानो पाईला’मा समावेश ६ वटा गीत मध्ये यी दुई गीतको भिडियो युटुभमार्फत सार्वजनिक गरेका हुन् । सम्बोज मल्लको शब्द/संगित रहेको उक्त भिडियोेलाई सुमन लामाले निर्देशन गरेका हुन् । अभिसेक श्रेष्ठ र रितेस श्रेष्ठले छायाँकन् गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

गीत राष्ट्रिय भावनाले ओत प्रोत रहको गायक लामा बताउँछन् । गायक लामा भन्छन्, ‘राजनीतिक दलको नेता तथा कार्यकताले दल वा संगठनको मात्र नारा लगाउन थाले । नेपालको नारा कसैले लगाएनन् । गीत मार्फत नेपालको नारा लगाएका छौं ।’ लामाले हाल सम्म १३ वटा गितमा आवाज दिएका छन् ।

भिडियो हेर्नुस् :