नोटमा केरमेट नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

764 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_6080-nepal-rupee-358x300काठमाडौं, ३० फाल्गुण- नोटमा केरमेर गर्ने बानी छ अव होसियार रहनु होला । केरमेट गरिएको नोट नचलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले नोटमा केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले यही फागुन २७ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

निवेदनमा नोटका बिटामा केरमेट गर्ने, लेख्ने, स्टिच गर्नाले झुत्रो हुने हुँदा आफूहरूको सम्पत्तिसम्बन्धी हकमा समेत आघात पुगेको उल्लेख थियो ।