आज रंगहरूको पर्व फागु पूर्णिमा

2050 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आज रंगहरूको पर्व फागु पूर्णिमा अर्थात् होली । काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइदैछ ।

imagesतराईका २३ जिल्लामा भने होली पर्व भोलि मात्र मनाइने प्रचलन  रहेको छ । इच्छाविपरित जथावाभी लोला हान्ने, रंग दल्ने तथा रसायनयुक्त पदार्थ प्रहार गर्नेलाई सुरक्षा निकायले कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

यसैबीच होली पर्वको उपलक्ष्यमा  राष्ट्रपति बिद्यादेवी भण्डारी, कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छेदार लगायत विभिन्न दलका नेताहरूले शुभकामना सन्देश जारी गर्नुभएको छ ।

हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मालाई होली पूर्णिमा भनिन्छ । होली हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ। राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ। सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन्। युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन्। भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन्। यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ। होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर -विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गो)लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।