नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दर्ता

817 पटक पढिएको

सम्पादक: Dhading News

124काठमाडौं -एकीकृत नेकपा माओवादीको उपाध्यक्ष तथा व्यवस्थापिका संसदको सदस्यबाट राजिनामा दिएर छुट्टै राजनैतिक शक्ति निर्माणमा जुटेका पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेत्तृत्व गरेको नयाँ शक्ति नेपाल अन्ततः स्वतन्त्र राजनैतिक दलको हैसियतमा निर्वाचन आयोगमा दर्ता भएको छ ।  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलका अनुसार पार्टीको नाम, लोगो, झण्डा र निर्वाचन चिन्ह दर्ता गरिएको हो ।

पार्टीको नाम नयाँ शक्ति नेपाल रहनेछ भने झण्डा र निर्वाचन चिन्ह पाँच कुने तारा रहनेछ । लोगो भने पाँचकुने ताराको माथिपट्टि नेपालीमा र तल्लोपट्टि अंग्रेजीमा नयाँ शक्ति नेपाल लेखिएको छ ।