जिते इन्जिनियरले,डाक्टर बेहोस

521 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

doc-vs-eng

एक इन्जिनियरले जागिर पाएनछन् । अनि उनले क्लिनिक खोले । ‘रु. ३०० मा उपचार गराउनुस, निको नभएर रु. १००० फिर्ता,’ भनेर बोर्डमै लेखेछन् । उनको यस्तो चर्तिकला देखेर क्लिनिक नजिकै बस्ने डाक्टरलाई रिस उठेछ र उनले १००० असुल्ने उपाय सोचेछन् ।
ती डाक्टर क्लिनिक गए ।

डाक्टरःमेरो जिब्रोले केही चिजको स्वाद थाह पाउँदैन । के भएको होला यस्तो ?
इन्जिनियरः बक्स नम्बर २२ निकालेर ३ थोपा खुवाईदेउ ।
नर्सले खुवाइदिइन् ।
डाक्टरः तर यो त पेट्रोल हो ।
इन्जिनियरः बधाई छ । तपाईले अब स्वाद थाह पाउनुहुनेछ । ३०० रुपैयाँ दिनुहोस ।

डाक्टरलाई केही दिनपछि झनै रिस उठेछ । पुरानो पैसा असुल्न उनी डाक्टरकहाँ गए ।

डाक्टरः मेरो स्मरण शक्ति कमजोर हुदैं गयो, के गर्ने होला ?
इन्जिनियरः बक्स नम्बर २२ निकालेर ३ थोपा खुवाईदेउ ।
डाक्टरः तर त्यो औषधी त जिब्रोको स्वाद फर्काउने औषधी होइन ?
इन्जिनियरः तपाईको स्मरण शक्ति फर्किएको छ । रु ३०० दिनुहोस ।

केही दिनपछि डाक्टरलाई झनै रिस उठेछ । आफ्नो पैसा असुल्ने अनेक उपाय सोचेर फेरि क्लिनिक गएछन् ।

डाक्टरः मेरो नजर भएछ, के भएको होला
इन्जिनियरः (सयको नोट दिदैं)यसको औषधी मसँग छैन । ल लिनुहोस रु १००० ।
डाक्टरः तर यो त सय रुपैयाँ मात्र भयो । तपाईंले त एकहजार फिर्ता दिन्छु भन्नु भएको हैन ।
इन्जिनियरः तपाईको आँखा ठिक भयो, अब मजाले देख्न सक्नुहुन्छ । त्यो सय पनि दिनुहोस र अर्को ३०० दिनुहोस ।डाक्टर बेहोस ।