“के बाल भो”को म्युजिक भिडियो रिलिज

895 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

image

भिडियो नबन्दै एक बर्ष अघी नै युट्युबमा भाईरल वनिसकेको गीत के बाल भो को म्युजिक भिडियो रिलिज गरिएको छ । सरु राइको शब्द संगीत र गायन रहेको यस गीतको भिडियोमा चर्चित मोडेल तथा नाई नभन्नु ल ४ डेब्यु नायक पौल शाह , जस्मिन श्रेष्ठ र सालीना गुरुङले फिचरिङ्ग गरेका छन ।
भिडियोलाई नब ढुङेलले निर्देशन् गरेका हुन । दर्जनौ बिज्ञापन निर्देशन गरिसकेका ढुङेल पछील्लो समय धेरै रुचाईएका निर्देशकमा पर्दछन । उनी आर्टिस्ट नेपाल नेटवर्क अन्तर्गतका आर्टिस्टनेपाल डट कम, आर्टिस्ट नेपाल प्रोडक्सन र ए.एन फेसन स्टुडियोस का संचालक पनि हुन । त्यस्तै क्यामरामा ज्ञानेन्द्र शर्मा र सम्पादन निशान घिमिरेले गरेका छन । गिनियस म्युजिक कम्पनीको प्रस्तुती रहेको यस् गीत अतिनै छोटो समयमा ३०, ००० भन्दा धेरैले हेरिसकेका छन ।
गायिका सरु राइले झन्डै २ बर्ष अघी यस् गीत रेकर्ड गरेर यत्तिकै छाडेकी थिईन । तर एक संगीतप्रेमीले यस् गीतलाई लिरिकल भिडियो बनाई युट्युबमा अपलोड गरेका थिए, र लाखौंले हेरिसक्दा पनि उनलाई पत्तै थिएन । यही गीतले आफुलाई स्थापित गराउन मद्दत गराउने आशले म्युजिक भिडियो निर्माण गरेको गायिका सरुले बताईन् ।

https://m.youtube.com/watch?v=Obd7YctOJms