बुढीगण्डकी आयोजनाले सेवा केन्द्र तोक्यो

718 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- बहुचर्चित १२ सय मेगावाटको प्रस्तावित बुढीगण्डकी जलबिद्युत्त आयोजनाले  धादिङ गोरखा गरि ५ ठाउँमा आयोजना प्रभावितका लागि सेवा केन्द्र तोकेको छ । |आयोजनाले मुख्य कार्यालय घ्याल्चोकको सिउरिनटारमा धादिङको सलाङ देखि गोर्खा दर्बुंङ, घ्याल्चोकका प्रभावितका लागि सेवा केन्द्र तोकेको छ | भने बोर्लांङमा कर्मचारी सुबास श्रेष्ठलाई खटाएको छ  |

आरुघाट आसपासका गाबिसका लागि आरुघाटमा कर्मचारी शिबकुमार पुडासैनीलाई खटाएको छ  | त्यसै गरि धादिङ तर्फ सल्यानटारमा कर्मचारी बिश्वदिप कोईरालालाई खटाएको छ | मैदी आसपासमा कर्मचारी तारानाथ आचार्य लाई खटाएको छ |budhi

के हो बुढी बुढीगण्डकी आयोजना ? 

१२०० मेगावाट क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना नै लोड सेडिङ मुक्त गराउने महत्वपुर्ण कडी बन्न सक्छ । तर त्यसको निर्माण सम्पन्न हुन द्रुत गतिमा काम अघि बढ्दा पनि सन २०२२ सम्म कुर्नु पर्नेछ त्यसका लागि पनि तत्कालै काम थाल्नुपर्नेछ ।

budhi_gandaki_capacity

के हो बुढीगण्डकी जलविद्युत आयोजना ?
सन १९७८ मा पत्ता लागेको बुढीगण्डकी जलविद्युत आयोजना पोखाराको फेवाताल भन्दा १५ गुणा ठुलो छ ।
गोर्खा र धादिङ जिल्लामा पर्ने यो आयोजनाले कुल १२०० मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता राख्दछ । यो नै नेपालाई लोडसेडिङ मुक्त गराउने महत्वपुर्ण आयोजना हो र यसले एक तिहाई डिजेल र एलपी ग्यासको पुरा आयात नै विस्थापित गर्ने क्षमता राख्दछ ।

budhi_gandaki_222

यसबाट गोरखा र धादिङका आठ हजार एक सय ७ परिवारका ४४ हजार ६ सय ४३ जना विस्थापित हुनेछन् । यसले ६७ हजार एक सय ७ रोपनी निजी जमिन डुबानमा पार्नेछ भने जम्मा एक लाख ३० हजार पाँच सय २३ रोपनी क्षेत्रफल डुबाउनेछ । यो आयोजनाबाट उत्पादन हुने विद्युतको प्रति मेगावाट उत्पादन लागत २१ करोड २५ लाख पर्न आउँछ ।

कति लाग्छ लगानी ?
यो आयोजना निर्माणका लागि कुल २ खर्ब ५० अर्ब लगानी आवश्यक पर्छ । यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्नु पर्नेमा स्थानिय र सांसदहरुको जोड रहँदै आएको छ । व्यवस्थापिका संसदको कृषि तथा जल श्रोत समितिका सभापति गगन थापाले पनि सो आयोजना स्वदेशी लगानीमै निर्माण गर्नु पर्ने बताएका छन् ।

budhi_gandaki_investment

सरकारले इच्छाशक्ति देखाएमा लगानीको अभाव नहुने उनको दावी छ । चालु आर्थिक बर्षमा ३ अर्ब ३७ करोड रुपैंयाँ बिनियोजन गरेर काम अघि बढाईँदैछ ।
के के भयो काम ?
सन २०१२ डिसेम्बर २ मा एमएस ट्रयाक्टबेल सा नामक फ्रान्सेली कम्पनीलाई परामर्श दाता नियुक्त गर्दै सम्भाव्यता अध्ययन, विस्तृ डिजाईन र टेण्डर डकुमेन्ट समेत तयार पार्ने अधिकार दिईएको थियो । सो सम्झौता अनुसार २०१५ अक्टोबरसम्ममा परामर्श दाता कम्पनीले काम सकेर रिपोर्ट बुझाउनु पर्ने थियो तर हालसम्म रिपोर्ट बुझाएको छैन् । पछिल्लो पटक समय थप गर्दै फेब्रुअरी २०१६ मा रिपोर्ट बुझाउने समयसिमा तोकिएको छ ।

budhi_gandaki_muaabja
बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाले पनि काममा सहजीकरण गरिए लगानीको अभाव नहुने बताए ।