दिगो सम्बन्धको लागि सेक्सको भूमिका महत्वपूर्ण हुन्छ

1042 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

better_sex-540x330हाम्रो समाजमा सेक्सलाई अझै पनि वर्जित मानिन्छ । तर यो अन्य आवश्यकिय वस्तु जस्तै हो भन्ने बुझ्नु नितान्त आवश्यक छ । यौन असन्तुष्टि कै कारणले धेरैको घर परिवार बिग्रेको हामीले प्रष्टै देखेका छौँ । जुन परिवारमा यौन सन्तुष्टि छ त्यस्तो सम्बन्ध लामो समय सम्म टिक्छ । यौनको बारेमा खुलेर कुरा गर्न नचाहने मानिसहरु पनि यस सम्बन्धि धेरै चासो दिन्छन् । बिग्रिसकेको सम्बन्धलाई पनि यौनले सपार्छ भन्ने यौन विज्ञहरु विश्वास गर्छन् । सम्बन्धलाई टिकाइराख्नको लागि यौनको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा निम्न बुँदाबाट प्रष्ट्याउन सकिन्छ ।

१) सेक्स सम्बन्ध बनाइराख्ने कडी हो :

सेक्स आवश्यक कुरा हो । जसको सम्बन्ध बिग्रँदो हुन्छ उनीहरुको यौन जीवन ठिक छैन भनेर सजिलै अनुमान लगाउन सकिन्छ । सेक्समा असन्तुष्ट जोडी एकअर्कासँग बसिराख्न सक्दैनन् । यसको लागि उनीहरुले दोस्रो व्यक्ति खोज्न थाल्दछन् र सम्बन्ध टुट्दछ ।

२) सेक्स सहि तरिका बाट हुनु पर्दछ :

दिगो सम्बन्धको लागि सेक्स जति आवश्यक छ त्यो भन्दा ज्यादा यो सहमति र सहि तरिकाले हुनु पर्दछ । जबर्जस्ति अथवा एउटाको इच्छा विपरित गर्नाले यसले झन विकराल रुप लिन्छ र सम्बन्ध सुध्रनुको सट्टा बिग्रन थाल्दछ । जोडीमध्ये दुवैले एकअर्काको भावना बुझेर यौनमा समर्पित हुनु पर्दछ ।

३) गलत यौन आचरणलाई सुधार्नु पर्छ :

बिहे गरेर जाँदै गरेकि छोरीलाई आमाले भनिछिन्, “छोरी जबसम्म उसले तिमीलाई पिट्दैन तब सम्म उसँग बस अथवा ऊ पिएर आउँदैन भने तिमी ऊसँग बस्न सक्छौ ।” यो भनाइ हास्यास्पद लाग्छ किनभने यो यौन दुराचा हो । एकले अर्कालाई हात उठाउनु वा शारीरिक यातना दिनु कदाचित राम्रो सम्बन्धको संकेत होइन । असल सम्बन्धको लागि एकअर्काप्रति गरिने यस्ता आचरणले राम्रो सम्बन्धको विकास गर्दैन । वैवाहिक यौन स्वतन्त्रताको नाममा गरिने यौन हिंसा पनि जायज छैन ।

४) सुमधुर सम्बन्धको लागि सेक्स उत्तम औषधी हो :

जोडीहरु एकअर्का बिच तनावमा रहेको बेला वा मनमुताव भएको बेला कुनै एकले सो कुरालाई बिर्सेर वा दुवैले बिर्सेर सेक्स गर्नाले आपसी तनावलाई भुलाउन सकिन्छ । साथै एकअर्का प्रति भएको मनमुताव पनि हट्दछ  जसले गर्दा सम्बन्ध अझै सुमधुर बन्दछ । त्यसैले यौनमा असन्तुष्ट भएका व्यक्तिले पनि एकअर्कामा परामर्श गरी असल यौन जीवन साट्नाले सम्बन्ध अझै मज्बुद र बलियो बनाउन मद्दत गर्दछ ।