टुरिजम बैक संग कालिञ्चोक बैक गाभिंदै

786 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Untitled-1 copy

कालिञ्चोक डेभलपमेन्ट बैंकलाई टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले किन्ने भएको छ । यी दुई बैंक बीच बुधबार किनबेचको सम्झौता भएको छ ।

सम्झौता टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष प्राडा पुष्पराज कँडेल र कालिञ्चोक डेभलपमेन्ट बैंक लिमिटेडका तर्पmबाट अध्यक्ष बालकृष्ण सिवाकोटीले हस्ताक्षर गरेका छन् । टुरिजमले यस अघि नै मातृभूिम विकास बैंक लिमिटेड किन्ने प्रक्रिया अघि बढाइसकेको छ ।

टुरिजम डेभलपमेन्ट बैंकको मुख्य कार्यालय काठमाडौंमा रहेको छ भने कालिञ्चोकको मुख्य कार्यालय दोलखा चरिकोटमा रहेको छ ।

नेपाल स्टक एक्स्चेन्जले कालिञ्चोक विकास बैंकको सेयर कारोबार रोक्का गरिसकेको छ । नेप्सेले बुधबार सूचना सार्वजनिक गर्दै टुरिजम् डेभलपमेण्ट बैंकले कालिञ्चोक डेभलपमेण्ट बैंक किन्ने भएपछि कालिञ्चोक डेभलपमेण्टको सेयर कारोबार रोक्का भएको जनाएको छ ।