नाच्दै गाँउदै विषादी न्यूनिकरण सचेतना

759 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ, – हौस गरौ खानपान, विषदीले लिन्छ ज्यान । सचेतना दिउँ सारालाई, आइपिएमको नारालाई । घातक विषादी बन्द गरौ, जैविक विषदी प्रयोग गरौ । वैशाख महिनाको खडेरीमा एक हुल महिला पुरुष मिश्रित किसानहरु सडकमा नारा लगाउदै थिए । तरकारी तथा फलफूल उपभोक्ता वजारवासी जिल्ल परेर हेरि मात्र रहे । उनीहरु थिए रासायनिक विषादी न्यूनिकरण सचेतनाका लागि एकिकृत शत्रुजीब व्यवस्थापन पाठशालामा सिकाई अभ्यास गर्दै गरेको किसानहरु ।
कार्यक्रमकै शूरुवातीमा पिप्ले आईपिएम कृषक समूहले विरुवा रोपण देखि विषादी प्रयोग गर्दै फलाएर वजारमा व्यापारी÷विचौलियालाई विक्री गरेको तथा व्यापारीले उपभोक्तालाई विक्री गरेको र उपभोक्ता विरामी परेको साथै विरामीलाई स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरे पश्चात अस्पताल पठाईएको दृष्य नाटकमा प्रस्तुत गरिएको थियो । रोग र किरा राम्री चिनम, जथाभावी विषदी नकिनम, तिम्ले जाने मलाई नि सिकाउन, नजानेमा जेटिए भिकाउन जस्ता संदेशमूलक गीत कृषक जागरण आईपिएम कृषक समूहले प्रस्तुत गरेको थियो ।
जिल्ला एकिकृत शत्रुजीब व्यवस्थापन कृषक समिति धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष विष्णु पोख्रेलले किसानहरुले रोग र किरा, शत्रु र मित्रु जीब नचिनी अन्धधुन्ध विषादी फाइदाजनक किराहरु समेत मरेकाछन । विषादी प्रयोग गर्दा न्यूनतम होसियारी पुरा नगर्दा पहिलो विषादी पिडित प्रयोगकर्ता किसान हुने र दोश्रो चरणमा मात्र उपभोक्ता पर्ने भएकाले नै वानस्पतिक तथा जैविक विषदी प्रयोग गराउने नै आईपिएम कक्षाको उद्दश्ये रहेको बताए । धादिङ जिल्ला अहिले विषादी बढी प्रयोग गर्ने जिल्लामा चिनिएको छ । केही वर्षमै विषादी कम गर्ने जिललाका रुपमा चिनाउन आइपिएम अभ्यास गर्ने किसान र सहजकर्ताको भएकोे वाली संरक्षण अधिकृत मादव भट्टले स्पष्ट पारे । किसानहरुको सक्रियतामा रासायनिक विषादी न्यूनिकरण गर्न जिल्ला कृषि विकास कार्यालयले आईपिएम सहजकर्ता परिचालन गरेको वरिष्ठ कृषि विकास अधिकृत महेन्द्र राज कौडाल बताए । जिल्लामा यस वर्ष २२ वटा २० हप्ते एकिकृत शत्रुजीव व्यवस्थापन पाठशाला सञ्चालित छन् ।