मैदीमा प्रजनन तथा मनोसामाजिक समस्याका बारेमा सचेतना कार्यक्रम

742 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

मैदी–सहयात्री समाज नेपाल, शान्ति नेपाल र स्वास्थ्य चौकी मैदीको संयुक्त आयोजनामा बैशाख १३ गते मैदी गाविस वडा नम्बर २ अमराईमा महिलामाथी हुने हिंसाका कारण उत्पन्न प्रजनन तथा मनोसामाजिक समस्याका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला समुहका सदस्यहरु, सहकारीका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु गरी ६२ जनाको सहभागीता रहेको छलफलमा महिलामाथी हुने हिंसा, हिंसाका कारण र परिणाम, हिंसाले पार्ने शारिरीक तथा मनोसामाजिक असरका बारेमा छलफल गरिएको छ । साथै भुकम्प पछि उत्पन्न मनोसामाजिक समस्या कसरी पहिचान गर्ने र समस्या न्यूनिकरणका लागि गर्न सकिने उपायहरुका बारेमा पनि छलफल गरिएको छ । छलफलका सहभागीहरुले घर घरमा हिंसाका घटना हुने गरेको र यसैका कारण मनोसामाजिक समस्या उपन्न भएको भए पनि पहिचान गर्न नसकिएको बताएका थिए । समाजले मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई गलत दृष्टिकोणले हेर्ने गरेको, उपचार गर्न जान पनि सहज नभएको बताएका थिए । यस्ता सचेतनाका कार्यक्रमले समुदायमा सचेतना प्रदान गर्न उपयोगी भएकोमा जोड दिएका थिए । कार्यक्रममा सहयात्री समाज नेपालका रिता तिवारी, शान्ति नेपालका देवी जोशी र स्वास्थ्य चौकीका सुबिन्द्रा लोप्पाले सहजीकरण गर्नुभएको थियो ।