खडेरीका कारण धादिङ जिल्लाको अधिकांश गाउं वस्तिमा जनजीवन प्रभावित

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (1)खडेरीका कारण धादिङ जिल्लाको अधिकांश गाउं वस्तिमा  जनजीवन प्रभावित भएको छ। सर्वसाधारणको दैनिकी कष्टकर बन्न पुगेको छ। गर्मीकै कारण बिरामीसमेत बढेका छन्। दिउँसो तातो हावा चल्ने अनि चर्को घामका कारण वजार, चोक र चौतारामा जम्मा हुने गरेका सर्वसाधारणको चहलपहल कम देखिन्छ। केही दिन यता सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ।

गर्मी बढेसँगै झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, मूत्रनलीसम्बन्धी समस्याबाट पीडित भई र नजिकैको स्वास्थ्य संस्थाहरुमा  आउने बिरामीको संख्या पनि बढेको छ। विरामी भएर दैनिक १ सय भन्दा धेरै जना उपचारका लागि आउने गरेको धादिङ जिल्ला अस्पताल आकस्मिक कक्षले जनाएको छ । तीमध्ये बालबालिका अत्यधिक छन्।

निजी क्लिनकमा पनि बिरामीको चाप बढेको छ। औषधि पसल र गाउं गाउंमा रहेका स्वास्थ्य चौकीहरुमा पनि पछिल्लो समय गर्मीका कारण झाडापखाला, छालासम्बन्धी रोग, एलर्जीलगायत बिरामी आउने बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीहरु बताउंछन ।  गर्मीका कारण ज्वरो, झाडापखालालगायत बिरामीको चाप बढेको छ।

अत्यधिक गर्मीकै कारण सदरमुकाम धादिङबेसीका साथै जिल्लाका मुख्य व्यापारिक केन्द्रहरु मलेखु, गजुरी, गल्छी, महादेवबेसी, धार्के लगायतका  बजारमा दिउँसोका बेला सर्वसाधारणको चहलपहल कम हुने गरेको छ। खासगरी मजदुरी गरेर  गुजारा गर्नेहरू गर्मीको मारमा परेका छन्।

‘चर्को घाममा सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कँदैनन्,  चर्को घाम र अत्यधिक गर्मीका कारण यातायातमा चढ्ने यात्रुको संख्यामा समेत कमि हुंदै जान थालेको छ । खडेरी बढ्दै गएपछि जिल्लाको अधिकांश गाउं वस्तिमा खानेपानीको हाहाकार बढ्दै गएको छ । पानीको श्रोत सुक्दे गएपछि खानेपानीको जोहो गर्न नसक्दा गाउं वस्तिमा हिजो आज पानीकै कारण झै झगडा बढ्दै जान थालेको र दिनहुं यस्ता खाले समस्या लिएर गाउँ गाउंबाट सर्वसाधरण प्रहरी सम्म आईपुग्ने गरेको धादिङका प्रहरी उपरिक्षक शरदकुमार खत्री वताउनुहुन्छ ।
खानेपानीको मुल सुक्दे गएपछि वस्ति नजिकै भेटिएका पानीको श्रोतलाई व्यवस्थापन गरी गाउं सम्म खानेपानीको वितरण गर्नका लागि भन्दै गाउं गाउंबाट सहयोग माग गर्दै सर्वसाधरण जिल्लाका विभिन्न सरकारी कार्यालय पुग्ने गरेका छन । स्थानीय गाविस कार्यालय देखि जिल्ला विकास समिति,खानेपानी तथा सर सरसफाई कार्यालय, विभिन्न गैर सरकारी संस्थाका कार्यालयमा अहिले खानेपानीको समस्या लिएर जानेहरुको भिड नै हुने गरेको छ ।