प्रयोगात्मक तालिम पाउँदा किसान उत्साहित

964 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Jeevanpur newsजिवनपुर/धादिङ– तरकारी तथा अन्नवाली उत्पालन सम्बन्धि प्रयोगात्मक नमुना सहितको तालिममा सहभागी जिवनपुर गाविसका किसान उत्साहित भएका छन् । वल्र्ड–भिजन र एक्सन नेपालको साझेदारीमा संचालित नेपाल भूकम्प प्रतिकार्य परियोजना (जीविकोपार्जन कार्यक्रम) अन्तर्गत तरकारी तथा अन्नबाली उत्पादन सम्बन्धि तालिम लिएपछि उनीहरु त्यसरी उत्साहित भएका हुन् । उक्त तालिम  जिवनपुर गाविसको ९ वटै वडामा सञ्चालन गरिएको थियो ।
तरकारी तथा अन्नबाली उत्पादन सम्बन्धि तालिमको पहिलो चरण अन्तर्गत उपस्थित लाभदायीहरुलाई नर्सरी उत्पादनको लागि उपयुक्त जग्गाको छनोट, माटोको उपचार, बिउ उपचार, मलखाद व्यवस्थापन, नर्सरी राख्ने उपयुक्त वैज्ञानिक तरिका र नर्सरी व्यवस्थापन, नर्सरी राख्ने उपयुक्त वैज्ञानिक तरिका र नर्सरी व्यवस्थापन आदि विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा सुनिल गौतम, केशव अधिकारी र हरिगोपाल श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । परियोजनाका जीविकोपार्जन अधिकृत दिलिप चन्द्र्र ढकालका अनुसार जीवनपुर गाविसमा चार सय तिन जना लाभदायी रहेको र उनीहरु प्रयोगात्मक तालिमबाट निकै लाभान्वित भएका छन् ।