संक्रमितहरुलाई पोषण र करेसाबारी सम्बन्धी तालिम

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी– करेसाबारी तथा पोषण सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी धादिङबेसीमा सम्पन्न भएको छ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना र युनाईटेड मिशन टु धादिङ क्लष्टरको सहयोगमा सूरु भएको गोष्ठीमा २० जना एचआईभी संक्रमित महिला तथा पुरुषहरुको सहभागीता रहेको थियो । एचआईभी संक्रमितलाई पोषण सम्बन्धी जानकारी गराई उनीहरुको स्वास्थ्यलाई कसरी राम्रो बनाउने उद्देश्यले तालिमको आयोजना गरीएको सामुदायिक स्वास्थ्य कार्यक्रम संयोजक धर्मराज थपलियाले जानकारी दिनुभयो । तालिमामा सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र सामुदायिक स्वास्थ्य कार्यक्रम संयोजक धर्मराज थपलियाले पोषण भनेको के हो ? पोषणको महत्व र करेसाबारीको महत्व, करेसाबारी व्यावस्थापन लगायतको विषयमा जानकारी गराईएको थियो । पर्सी सम्म सन्चालन हुने गोष्ठीमा सहभागीहरुलाई मानव स्वास्थ्यको लागी आवश्य पर्ने पोषण र करेसाबारी व्यावस्थापनको विषयमा छलफल हुने सामुमदायि स्वास्थ्य कार्यक्रम संयोजक धर्मराज थपलियाले जानकारी दिनुभयो । यसैगरी शितल समाजमा आवद्ध सदस्यका २८ जना बालबालिकाहरुलाई सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र यूएमएनका कार्यकारी निर्देशक मार्क गाल्पीङले शैक्षिक सामाग्री वितरण गरीएको थियो ।