चौतारीको महाधिवेशन तयारी अन्तिम चरणमा
611 पटक पढिएको
काठमाडौँ, प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही जेठ ६ देखि ८ गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन र आवास तथा अन्य तयारीको काम लगभग पूरा भएको सचिव गणेश पाण्डेले जानकारी दिनुभयो ।
नयाँ नेतृत्व चयनसमेत हुने भएकाले चौतारीमा आबद्ध पत्रकारबीच चुनावी सरगर्मी पनि सुरु भएको छ । अध्यक्षमा पूर्वउपाध्यक्ष गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने भए पनि सहमतिको प्रयास पनि जारी रहेको बताइएको छ ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।