कोल्डफिट फाउन्डेसन नेपालद्वारा १ दिने निशुल्क स्वास्थ्य शिविर

1158 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

newsखाल्टे/ खाल्टे ४ डाँडागाउँमा रहेको श्री महेन्द्रोय कालिका मा.वि.को प्राङ्गणमा १ सय ८० जनाको स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ । अर्थाेपेडिक डा.शिशिर काकीर्, जर्नल फिजिसियन डा.सुलोचन लोहनी, डा.अमन खनाल, नर्श सृजना रानाभाट र रोमानियाका डा.इनोट उर्ष लगायतको विशेषज्ञहरुको टोलिले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिक्षा स्वास्थ्य, खानेपानी तथा सरसफाई र कृषिको क्षेत्रमा विगत ५वर्ष देखि काम गर्दै आइरहेको फाउन्डेशनले धादिङको खाल्टेमा यसअघि पनि ४ दिनको स्वास्थ्य शिविर सञ्चालन गरिसकेको थियो । फाउन्डेशनका अध्यक्ष उत्तम अधिकारीले आफ्नो जन्मथलो धादिङलाई पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा समेत लागि परिरहनु भएको छ । चमेरोगुफा, पातलेचुली, छहरेछाँगा, खाल्टेकै कालिका मन्दिर जस्ता प्राकृतिक र धार्मिक क्षेत्रलाई पर्यटकको नजरमा पार्न र होमस्टे सञ्चालनमा समेत चासो राख्दै आउनु भएको छ । यो सँगै नेपालको धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, तनहुँ, मुस्ताङ र अन्तर्राष्ट्रिय बंगलादेश, केन्या, रोमानिया जस्तो ठाउँमा पनि कार्य गर्दै आएको बताए । २० वर्ष अघिदेखि पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका अधिकारीले ग्रामिण र विपन्न वर्गका मानिसहरुमा शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीमा कार्य गर्दै आफू निकै उत्साहित भएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । यसका साथै हाल चलिरहेको प्रोजेक्टहरुमा विद्यालय भवन निर्माण ३ प्रा.वि., १ मा.वि. सुरु भइरहेको छ । खाल्टे–४ र ३ मा यसका लागि फण्ड (अमेरिका, क्यानडा, रोमानिया)बाट संकलन भइरहेको छ ।